एसेन्सियोलाई अनुबन्धित गर्न लिभरपुल इच्छुक

0

लिभरपुलले रियल मड्रिडका प्लेमेकर मार्को एसेन्सियोलाई अनुबन्धित गर्नका लागि रकम छुट्टाएको छ ।
स्पेनिस सञ्चारमाध्यमका अनुसार रियलका प्रशिक्षक जिनेदिन जिदानले खेलाडि बेच्ने निर्णय गरेपश्चात लिभरपुलले खेलाडि अनुबन्ध गर्नका लागि तयारी सुरु गरेको हो ।

२३ वर्षे एसेन्सियोलाई जिदानले रियलमा रहन नसक्ने प्रतिकृया दिएलगतै लिभरपुलका प्रशिक्षक योर्गन क्लोपले एसेन्सियनेलाई ल्याउने इच्छा व्यक्त गरेका छन ।

सञ्चार माध्यमका अनुसार छिटै नै रियलले एसेन्सियोलाई बिदा गर्नेछ । एसेन्सियोले पछिल्लो ला लिगामा ३० खेलमा १ गोलका साथै ४ गोलका अवसर सिर्जना गरेका थिए। लिभरपुलले गत जुनमा मड्रिडमा टोेटेनहामलाई २ गोलले पराजित गर्दै च्याम्पियन लिग जितेको थियो ।

Post Add 1025X115
Loading...