प्रशिक्षक पटवालले भने-परीक्षण जनावरसँग गरिन्छ, हामी योजना बनाएर लागु गर्छौं (भिडियाे)

0

नेपाली टाेली  टी– २० विश्वकप छनाेट खेल्दैछ । साे छनाेट अगावै नेपालले  मलेसिया विरुद्धको टी– २० सिरिज खेल्नेछ। सिगांपुरमा हुने प्रतियाेगिता अगाडी नेपालले मलेसियासँग दुई टी– २० सिरिज  खेल्ने छ र त्यसपछि नेपाल सिगांपुर लाग्नेछ। तयारीकाे विषयमा प्रशिक्षक उमेश पट्वाल के भन्छन नेपालमा निकै राम्रो तयारी भएको छ । क्रिकेटको राम्रो वातावरण छ । खेलाडीहरु पनि राम्रा छन् ।

मलेसिया टूर हाम्रो लागि तयारी भ्रमण हो । हामी टि–२० फम्र्याटमा भिज्न चाहन्छौं । मलेसियासँग खेलेर जित्ने प्रयासमा हुनेछौं । खेल जित्दै लयमा ल्याउनका लागि यो टूर महत्वपूर्ण हुनेछ । खेलाडीहरुले यो टिमविरुद्ध खेलिसकेका छन् । हामीलाई अधिकांश खेलाडीको बारेमा राम्रो जानकारी पनि छ । सबैलाई आफ्नो जिम्मेवारी राम्रोसँग थाहा छ । ब्यक्तिगत रुपमा पनि खेलाडीहरु आफ्नो क्षमता बढाउने काम गरिरहेका छन् । ब्याट्सम्यान र बलरहरु आफ्नो क्षेत्रमा तयारी गरिरहेका छन् । 

ओपनिङमा खेल्न सक्ने थोरै मात्र खेलाडी छन् । अहिले पारस बाहेक कुनै पनि खेलाडीले ठूलो स्कोर बनाउन सकेका छैनन् । हामीसँग ओपनरका लागि केही योजना छन् । तर, त्यो खेल अनुशार तय हुनेछ ।  हामीसँग ठोस योजना छन्, जस अनुशार हामी अघि बढिरहेका छौं ।

हामीसँग धेरै विकल्प छैनन् । एउटामात्र टिम क्वालिफायरमा पुग्छ । त्यसका लागि हामी शतप्रतिशत प्रयास गर्दैछौं ।  दिपेन्द्र खेल्नका लागि फिट छ । उसलाई महत्वपूर्ण खेलमा उतार्ने योजना छ । अभ्यास खेलका लागि हामीले उसलाई आराम दिइरहेका छन् । उ यस्तो खेलाडी हो जसलाई हामीले लामो समयसम्म खेलाउनु जरुरी छ । तर, मलेसियाविरुद्ध खेल्ने नखेल्ने भोलीमात्र निश्चित हुनेछ ।

Post Add 1025X115
Loading...