टिमले चाहेको खण्डमा पारसले ओपनिङ गर्ने (भिडियाे)

0

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले टिमले चाहेको खण्डमा आफुले ओपनिङ गर्ने बताएका छन । युएई विरुद्धको सिरीजमा पनि सुरुवातमा आएको बताउदै उनले यसपटक पनि टिमको चाहना त्यो छ भने आफु अगाडी आउने संभावना रहेको बताए ।

साथै उनले विश्वकप छनोटमा स्थान बनाउन हरेक खेल जित्नैपर्ने र त्यहि अनुसारको योजना बनाएको उनले बताए । उनले मलेसिया विरुद्धको खेलले टिमको कमजोरी पनि पत्ता लगाउने मौका रहेको बताए ।

कप्तान पारसले यसपटक टिममा रहेका १४ जना नै उत्कृष्ट रहेकाले कसले ओपनिङ गर्ने भन्नेमा पनि प्रश्न नभएको बताए । यसपटक नेपाली टिममा ओपनिङ जोडीमा आउने सक्ने चार पाँच जना खेलाडी रहेका छन । जसमा ज्ञानेन्द्र मल्ल, पारस आफै, विनोद भण्डारी, पवन सराफ, प्रदिप ऐरी लगायतका छन ।

उनले मलेसिया विरुद्धको दुई वटा खेलमा खेलाडीलाई परिक्षण गर्ने पनि बताए । साथै उनले यसपटक मलेसिया विरुद्धको खेलमा दिपेन्द्रसिंह ऐरी नखेल्ने प्रष्ट पारे । सिंगापुरमा पनि उनले खेल्ने नखेल्ने चार पाँच दिनमा पत्ता लाग्ने बताए ।

भिडियाे 

Post Add 1025X115
Loading...