दिपेन्द्रले मलेसियाविरुद्धको टि-२० श्रृङ्खला गुमाउने

0

नेपाली क्रिकेट टिमका अलराउण्डर दिपेन्द्रसिंह ऐरीले मलेसिया विरुद्धको  टी– २०  सिरिज गुमाउने भएका छन् ।  प्रधानमन्त्री कपमा हातको औंलाको चोटका कारण पछिल्लो पटक राम्रोसँग ब्याटिङ र बलिङ गर्न नसकेका दिपेन्द्र अझसम्म पनि पूर्ण रुपमा फिट छैनन् ।

ऐरीको फिल्डिङका क्रममा बाँया हातको माझी औंलामा चोट लागेको थियो । अहिले उनी सामान्य रुपमा ब्याटिङको प्रशिक्षण गरिरहेका छन ।

सिंगापुरमा हुने प्रतियोगितासम्म उनी ठिक हुनसक्ने भन्दै टिममा भने राखिएको छ । यू–१९ टिमका पूर्व कप्तान दिपेन्द्र राष्ट्रिय टिमका मुख्य सदस्यका रुपमा रहदै आएका छन । नेपाली टिमले मलेसिया विरुद्ध दुई वटा खेल खेलेपछि सिंगापुर जानेछ । सिंगापुरमा नेपालले विश्वकप छनोटमा स्थान बनाउन कतार विरुद्धको खेलबाट आफ्नो यात्रा सुरु गर्नेछ ।

Post Add 1025X115
Loading...