केल्मीको साथ पुलिस क्लबलाई पनि

0

काठमाडौं, २६असार । नेपाली राष्ट्रिय फुटबल टिमको जर्सी उत्पादक केल्मीले फुटबल क्लबहरुलाई पनि प्रायोजन गर्ने कार्यलाई तिव्रता दिएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फासँगको सहकार्यमा राष्ट्रिय टिमलाई प्रायोजन गरेको केल्मीले पछिल्लो समय ए डिभिजनमा रहेका क्लबहरुसँग पनि सम्बन्ध विस्तार गरेको हो ।

केल्मीले नेपालमा कामारु ट्रेडिङ मार्फत जर्सी उपलव्ध गराउँदै आएको छ । यसअघि ए डिभिजन लिग विजेता मनाङ मस्र्याङ्दी फुटबल क्लब र विभागिय क्लब त्रिभुवन आर्मीलाई प्रायोजन गरेको केल्मीले नेपाल पुलिससँग पनि प्रायोजन सम्झौता गरेको हो ।

राजधानीमा आयोजित कार्यक्रममा नेपाल पुलिसका तर्फबाट एआईजी पुस्कर कार्की र केल्मीका तर्फबाट कामारु ट्रेडिङका निर्देशक प्रदीप न्यौपानेले हस्ताक्षर गरेका थिए । सम्झौता पछि नेपाल पुलिसका महिला र पुरुष दुवै फुटबल टिमले केल्मी ब्राण्डका सामाग्री प्रयोग गर्नेछन् ।

Post Add 1025X115
Loading...