फ्रांक लाम्पार्डको चेल्सीसँगको सुरुवात खराव

0

फ्रांक लाम्पार्डको चेल्सीसँगको सुरुवात खराव रहेको छ । चेल्सीको प्रशिक्षकका रुपमा आएका लाम्पार्डको पहिलो खेल बराबरीमा सकिएको छ । प्रिमियर लिग अगाडी प्रिसिजनमा आयरल्याण्डको क्लव बोहेमिन्ससँग एक एक गोलको बराबरीमा सकियो ।

केहि दिन अगाडी मात्र डर्बीबाट चेल्सीको म्यानेजरका रुपमा आएका पूर्व खेलाडी लाम्पार्डको क्लवले एक गोलको अग्रता जोगाउन सकेन । खेलको आठौं मिनेटमा नै बात्सुईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

तर ८९ औं मिनेटमा आइरीस क्लवले गोल गर्दै खेल बराबरी गर्न सफल भयो । उसका लागि इरीक मोलोयले गोल गर्न सफल भए । त्यसपछि लाम्पार्डको टिमले खेलमा थप गोल गर्न सकेन र प्रिसिजनको पहिलो खेलमा बराबरीमा चित्त बुझाउन बाध्य भयो ।

एक बर्ष अगाडी प्रशिक्षकको करियर सुरु गरेका लाम्पार्ड सारी युभेन्टस गएपछि चेल्सीको प्रशिक्षकका रुपमा आएका हुन । उनी प्रशिक्षकका रुपमा स्टाम्फोर्ड ब्रिजमा आएपछि क्लवले यो सिजनको प्रिमियर लिगमा राम्रो नजिताको अपेक्षा गरेको छ ।

Post Add 1025X115
Loading...