नाइजेरीया अफ्रिकन कप अफ नेशन्सको सेमिफाइनलमा

0

दक्षिण अफ्रिकालाई हराउँदै नाइजेरीया अफ्रिकन कप अफ नेशन्सको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा नाइजेरीयाले दक्षिण अफ्रिकालाई दुई एकले हरायो ।

निकै रोमाञ्चक बनेको खेलको २७ औं मिनेटमा चुकवेजीले गोल गर्दै नाइजेरीयालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको नाइजेरीयाल विरुद्ध ७१ औं मिनेटमा दक्षिण अफ्रिकाले गोल गर्दै खेल बराबरी गर्न सफल भयो ।

प्रिक्वाटरफाइनलमा इजिप्टलाई स्तब्ध बनाएको दक्षिण अफ्रिकाका लागि जुंगुले गोल गर्न सफल भए । तर ८९ औं मिनेटमा ट्रोस्ट इकोङे गोल गर्दै नाइजेरीयालाई फेरी अग्रता दिलाए । भिल्लारियलबाट ब्यवसायीक फुटबल खेल्दै आएका उनले देशका लागि पहिलो गोल गरेका हुन । जुन गोलले नाइजेरीयाले सेमिफाइनलमा स्थान बनाउन सफल भयो । त्यसपछि दक्षिण अफ्रिका खेलमा फर्कन सकेन र नाइजेरीयाले सेमिफाइनलमा स्थान बनायो ।

यसअघि भएको खेलमा सेनेगलले बेनीनलाई एक शुन्यले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।

Post Add 1025X115
Loading...