यू–१९ इस्टर्न रिजन च्याम्पियन नेपाल स्वदेश फिर्ता, नवनियुक्त सदस्य सचिवले गरे स्वागत

0

नेपाली यू–१९ क्रिकेट टोली आज स्वदेश फर्किएको छ । मलेसियामा भएको एसीसी यू–१९ इस्टर्न रिजनमा च्याम्पियन बनेर आउँदो अगस्टमा हुने एसीसी यू–१९ एसिया कपमा स्थान बनाउन सफल नेपाली टिमल आज बेलुकी काठमाडौं अवतरण भयो । नेपाली टिमलाई राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्य सचिव रमेश कुमार सिलवालले त्रिभूवन विमानस्थलमा पुगेर स्वागत गरेका थिए ।

एसीसी यू–१९ एसिया कप श्रीलंकमा हुँदैछ । जसमा एसियाका पाँचवटा टेस्ट राष्«ट्रसँगै युएई र कुवेत पनि सहभागि हुनेछन् ।
रोहित कुमार पौडेल र पवन सर्राफ भने सिनियर टिमसँग मलेसियामै बसेको छ । सिनियर टिमले मलेसियासँग दुई वटा टि–२० खेल खेल्दैछ । रोहित र पवन सिनियर टिममा पनि छन् ।

Post Add 1025X115
Loading...