नोभाक जोकोभिच विम्बल्डनको सेमिफाइनलमा

0

नोभाक जोकोभिच वर्षको तेस्रो ग्राण्डस्लाम विम्बल्डनको सेमिफाइनलमा पुगेको छ । बेल्जियमका खेलाडी डेविड गोफिनलाई ३–० को सोझो सेटमा हराउँदै शीर्ष वरियताका जोकोभिच अन्तिम चारमा स्थान बनाउन सफल भए ।

२१औं वरियताका गोफिनविरुद्ध पूरा खेलभरी दबाब दिँदै जोकोभिचले ६–४, ६–० र ६–२ को जित निकाले । सेमिफाइनलमा जोकोभिचले २३औं मिनेटमा रोबर्टो बाउटिस्टा अग्टसँग प्रतिष्पर्धा गर्नेछन् । अग्टले २६औं वरियताका अर्जेन्टाइन खेलाडी गुइडो पेल्लालाई ३–१ को सेटमा हराए ।

पहिलो र दोस्रो सेटमा ७–५ र ६–४ को जित निकालेका अग्टले तेस्रो सेट भने ३–६ ले गुमाए । चौथो सेटमा ६–३ को जित निकालेपछि अग्टले अन्तिम चारको यात्रा तय गरेका हुन् ।

Post Add 1025X115
Loading...