भारतलाई हराउँदै न्यू जिल्याण्ड लगातार दोस्रो पटक विश्वकपको फाइनलमा

0

भारतलाई हराउँदै न्यूजिल्याण्ड आईसीसी विश्वकपको फाइनलमा पुगेको छ । आज भएको सेमिफाइनलमा भारतलाई १८ रनले हराउँदै न्यूजिल्याण्ड लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो ।

उपाधिका लागि न्यू जिल्याण्डले अष्ट्रेलिया र इंग्ल्याण्डवीचको विजेतासँग प्रतिष्पर्धा गर्नेछ । मंगलबार खेल तय भएको खेलको ४६ ओभर एक बलमा न्यूजिल्याण्डले पाँच विकेटको क्षतिमा दुई सय एघार रन बनाएपछि खेलमा वर्षा हुँदा खेल आजका लागि स्थगित भएको थियो । आज न्यूजिल्याण्डले २८ रन बनाउँदा तीन विकेट गुमायो ।

न्यूजिल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउँदै २३९ रन बनाएको थियो । न्यूजिल्याण्डका लागि रोस टेलरले सर्वाधिक ७४ रनको योगदान दिए भने केन विलियनसनले ६७ रन बनाए । अन्य ब्याट्सम्यानको प्रदर्शन उल्लेखनीय रहेन । बलिङतर्फ भुवनेश्वर कुमारले तीन विकेट लिए भने जस्प्रित बुमराह, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा र युज्भेन्द्र चाहलले एक एक विकेट लिए ।

२४० रनको लक्ष्य पछ्याएको भारतले ४९ ओभर दुई बलमा अलआउट हुँदा २२१ रनमा समेटियो । भारतका टप अर्डका खेलाडीहरु केएल राहुल, रोहित शर्मा र विराट कोहली १–१ रन बनाएर आउट हुँदा पाँच रनको अवस्थामा भारतले तीन विकेट गुमाइसकेको थियो । दिनेश कार्तिक पनि ६ रन बनाएर आउट भए । ऋषव पन्त र हार्दिक पन्ड्याले ३२–३२ रन जोडे ।

९२ रन बनाउँदा ६ विकेट गुमाएको भारतका लागि रवीन्द्र जडेजा र महेन्द्रसिंह धोनीले ११६ रतको शतकीय साझेदारी गरेपछि भारतको जितको आशा जागेको थियो । तर, जडेजा ७७ रन बनाएर ट्रेन्ट बोल्टको बलमा केन विलियमसनबाट क्याचआउट हुँदा भारतले २०८ रनमा सातौं विकेट गुमाएको थियो । धोनीले ५० रनको अर्धशतकीय योगदान दिए ।

बलिङतर्फ म्याट हेनरीले तीन विकेट लिए भने ट्रेन्ट बोल्ट र मिचेल सान्टनरले २–२ विकेट लिए ।

Post Add 1025X115
Loading...