यू–१९ क्रिकेटमा च्याम्पियन यात्रापछिको खेलाडीको मस्ति

0

तीन महिना अघि पानीले खेल प्रभावित बनाउँदा नेपालले यू १९ विश्वकप खेल्ने सपना मालेसियामै छाडेर आएको थियो । यूएईविरुद्ध डीएल नियम अनुसार पराजित भएपछि नेपालका लागि उमेरसमूहको अर्को ठूलो प्रतियोगिता भनेको एसिया कप हो । एसियाकप अगस्टमा श्रीलंकामा आयोजना हुँदैछ ।

उक्त प्रतियोगितामा छनोट हुनका लागि एसियाको इस्ट रिजनबाट एक र वेस्ट रिजनबाट २ टिमको कोटा रहेको थियो । वेस्ट रिजनबाट यूएई र कुवेतले टिकट पक्का गरिसकेका थिए । टेस्ट नेशन भातर, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान पनि खेल्ने यस प्रतियोगितामा सबैभन्दा पछि स्थान बनाउने टिम नेपाल हो । नेपालले इस्टर्न रिजनको च्याम्पियन बन्दै एसियाकपका लागि टिकट पक्का गर्न सफल भयो ।

समूह ए मा रहेको नेपालले पहिलो खेलमा चीनमाथि जित निकाल्दै सुखद् सुरुआत गरेको थियो । यो समूहमा रहेको म्यानमारले अन्तिम समयमा नाम फिर्ता लिएपछि समूहमा नेपाल सहित चीन र सिंगापुर रहेका थिए । यस्तोमा एउटा खेल जितेमा सेमिफाइनल पुग्ने सम्भावना थियो ।

तर नेपालले समूह चरणका दुवै खेलमा अपराजित रह्यो । सिंगापुरलाई पराजित गरेर नेपालले सेमिफाइनलमा विजेताको रुपमा स्थान बनाउँँदा प्रतिद्वन्द्वी घरेलु टोली मलेसियालाई पायो । सेमिफाइनलमा मलेसियालाई पराजित गर्दै फाइनलपमा पुगेको नेपालको भेट हङकङसँग भयो । जसमा ६ विकेटको सानदार जित निकाल्दै नेपाल च्याम्पियन भयो र एसियाकपका लागि पनि छनोट भयो । हामीले नेपाली यू १९ क्रिकेट टिमले कीर्तिपुर मैदानमा अभ्यास गर्दादेखि नै फ्लो गर्दै तपाईहरुलाई देखाएका थियौं ।

नेपाली टिमको मलेसिया यात्रामा के के भए त अब हेरौं यो भिडियामा ।

 

Post Add 1025X115
Loading...