भारतका ५ खेलाडी पेभेलियन फर्किए !

0

काठमाडौं, २५ असार । आईसीसी विश्वकप क्रिकेट अन्तर्गत अहिले भारत र न्यूजिल्याण्ड भिडिरहेका छन् । हिजो हुनुपर्ने खेल वर्षाका कारण ४६.१ ओभरमा रोकिएको खेल आज पुनः शुरु भएको हो ।

जसमा न्यूजिल्याण्डले भारतलाई २४० रनको लक्ष्य दिएको छ । तर भारतको सुरुआत भने एकदमै खराब रहेको छ । अहिलेसम्म भारतका ५ खेलाडी आउट भइसकेका छन् ।

जारी विश्वकपमा पाँच शतक बनाएका रोहित शर्मा व्यक्तिगत एक रन बनाएर आउट भएपछि भारतको विकेट पतनको सृंखला शुरु भएको थियो । ५ रन हुँदा कप्तान विराट कोहली पनि आउट भए । ५ रनकै अवस्थामा केएल राहुल पनि पेभेलियन फर्किए । दिनेश कार्तिक र ऋषभ पन्तले १९ रनको साझेदारी गरे ।

त्यो साझेदारी पनि धेरैबेर टिक्न सकेन । कार्तिक ६ रन बनाएर आउट भएका थिए । ऋषभ र हार्दिक पाण्ड्याकाबीचमा ४७ रनको साझेदारी गर्दै भारतको स्कोर ५० रन पार गराएका । तर ऋषभ पन्त ३२ रन बनाएर आउट भएपछि भारतले २२.५ ओभरमा ५ विकेट गुमाएर ७१ रन जोडेको थियो । अहिले क्रिजमा महेन्द्रसिंह धोनी र हार्दिक पाण्ड्या रहेका छन् । पाण्ड्याले २३ रन बनाएर खेलिरहेका छन् ।

मंगलबार न्युजिल्यान्डले टस जितेर ब्याटिङ गर्न शुरु गरेको थियो । ४६ ओभरमा न्युजिल्यान्डले ५ बिकेट गुमाएर २११ रन बनाएको थियो । त्यहीबेला वर्षा सुरु भएको थियो । त्यसपछि रोकी रोकी वर्षात भइरह्यो र खेल्ले निरन्तरता दिन सकेन । र आइसिसीको नियम अनुसार खेललाई रिजर्व डे मा गर्ने फैसला गय्रो ।

अब दुबै टिमको प्रतिश्पर्धा १० जुलाईमा म्यानचेस्टरको ओल्ड ट्रेफर्ड स्टेडियम मा भारतिय समयअनुसार दिउँसो ३ बजेबाट सुरु हुनेछ । न्युजिल्यान्डको टिम ४६.१ ओभरबाट आफ्नो खेल शुरु गरेको थियो । ५ विकेटको नोक्सानीमा २११ रन नाएको न्यूजिल्याण्डले आज २८ रन जोड्दै थप तीन विकेट गुमायो । निर्धारित ओभरमा २३९ रन बनाएपछि भारतले २४० रनको लक्ष्य पछ्याउ लागेको हो ।

पहिलो दिन नट आउट रहेका रस टेलर र टम लाथम दुवैले व्यक्तिगत सात सात रन थपेर आउट भए । टेलर ७४ रनमा रन आउट हुँदा लाथमलाई १० रनमा भुवनेश्वर कुमारले पेभेलियन पठाए । १ रन बनाएर खेलिरहेका हेनरी निकलोसलाई पनि भुवनेश्वर कुमारले नै आउट गरे । न्यूजिल्याण्डका मिचेल सेन्टनर ९ तथा ट्रेन्ट बोल्ट ३रनमा नट आउट रहे ।

मंगलबार टस जितेर पहिला न्यूजिल्याण्डले ब्याटिङ गरेको न्यूजिल्याण्डको स्कोरबोर्डमा १ रन हुँदा मार्टिन गप्तिललाई गुमाएको न्यूजिल्याण्डका लागि हेनरी निकोलस र कप्तान केन विलियमसनले पारि सम्हाल्ने प्रयास गरेका थिए ।

यी दुईका बीचमा भएको ६८ रनको साझेदारी रवीन्द्र जडेजाले तोडेका थिए । निकोलस २८ रन बनाएर आउट भएका थिए । कप्तान विलियमसनले अर्धशतकीय पारि खेले पनि उनले टिमको स्कोरलाई अगाडि बढाउन असफल रहे । विलियमसनले ६७ रन बनाउँदा ९५ बल फेस गरेका थिए ।

कोलिन डी ग्रान्डहोम १६ रनमा आउट हुँदा जेम्स निशम १२ रनमा पेभेलियन फर्किए । भारतका भुवनेश्वर कुमारले ३ तथा जसप्रित बुमराह, हार्दिक पाण्ड्या, रवीन्द्र जडेज र युजबेन्द्र चहलले समान एक एक विकेट लिए । आजको विजेताले फाइनलमा स्थान बनाउने छ । विश्वकपको फाइनलमा अस्ट्रेलिया र इंग्ल्याण्डको विजेताबीचमा प्रतिस्पर्धा हुने छ ।

Post Add 1025X115
Loading...