सुनिल बल विश्वकप छनाेटकाे तयारीमा(भिडियाे)

0

सुनिल बल एक नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य हुन् । मुख्य गरि उनी मैदानमा आक्रमक मीडफिल्डरका रूपमा खेल्ने गर्दछन् । उनी एन्फा एकेडेमी का उत्पादन हुन् । २०१५ सालमा नेपाली १९ वर्ष मुनिको राष्ट्रिय फुटबल टिमले साफ च्याम्पियनसिप यू-१८ को उपाधि जित्दा उनी टोलीका एक महत्त्वपूर्ण सदस्य रहेका थिए । उनी नेपाली राष्ट्रिय फुटबल जगतका फ्रि किक तथा कर्नर किक हान्नका लागि माहिर खेलाडका रूपमा २०१८ साफ च्याम्पियनसिप देखि स्थापित भएका थिए । इन्डोनेसियामा सम्पन्न २०१८ एसियाली खेलकुदमा पनि उनी नेपाली राष्ट्रिय यू(२३ टोलीमा पनि सहभागी रहेका थिएृ३े । साथै उनले नेपालको प्राय सबै खाले उमेर समुहका टिमबाट सहभागी जानाएका छन् । उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल पाकिस्तान विरूद्व खेलेका थिए ।

Post Add 1025X115
Loading...