मलेसियाबाट यू–१९ क्रिकेट टिम काठमाडौंका लागि प्रस्थान

0

काठमाडौं, २५ असार । नेपाली यू–१९ क्रिकेट टोली आज स्वदेश फर्कंदै छ । मलेसियामा भएको एसीसी यू–१९ इस्टर्न रिजन खेल्न गएको नेपाली क्रिकेट टिम त्यहाँबाट नेपालका लागि प्रस्थान गरेको हो ।

मलेसियामा भएको उक्त प्रतियोगिताको उपाधि विजेता टिम मालिन्डो एयरबाट काठमाडौंका लागि प्रस्थान गरेको हो । नेपाली टिमका कप्तान रोहितकुमार पौडेल र उपकप्तान पवन शर्राफ भने नेपाली टोलीसँगै आएका छैनन् । उनीहरु उतै पुगेको सिनियर खेलाडीको टोलीमा सहभागि भएका छन् ।

सिनियर टोली पनि हिजो मात्रै मलेसियामा २ वटा टी–२० खेल्न र आसन्न टी–२० विश्वकप क्रिकेटको क्वालीफायरको तयारीका लागि पुगेको थियो । नेपाली क्रिकेट टिमका प्रशिक्षक विनोद दास पनि सिनियर टिमको सहायक प्रशिक्षक रहेकाले उनी भने नेपाल आएर केही दिनमा मलेसिया जाने छन् ।

यू–१९ क्रिकेट टिम मलेसियाबाट आज राति ९ः३५ मा काठमाडौं आइपुग्ने छ ।  नेपाल सहित सात टिम सहभागि भएकोमा समूह ए मा रहेको नेपालल चीन र सिंगापुरलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो ।

सेमिफाइनलमा घरेलु टोली मलेसियालाई पराजित गर्दै फाइनल पुगेको नेपालले फाइनलमा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो ।
च्याम्पियन बनेसँगै नेपाली युव टिमले श्रीलंकामा अगस्टमा हुने एसिया कप यू–१९ क्रिकेटमा स्थान पक्का गरेको छ ।

Post Add 1025X115
Loading...