चार खेलमा १५ विकेट लिएका सागरको विकेटहरु (भिडियो)

0

एसीसी यू १९ इस्र्टन रिजन च्याम्पियनसिपको उपाधि नेपालले जित्दा म्यान अफ दी सिरीज बनेका सागर ढकालले उत्कृष्ट बलिङ गर्न सफल भए । उनले कुल १५ विकेट लिन सफल भए । जसमा सागरले दुई खेलमा पाँच विकेटको हल हात पारे ।

चीन विरुद्ध छ विकेट लिएका सागरले सिंगापुर विरुद्ध एक विकेट लिएका थिए । यस्तै मलेसिया विरुद्ध तीन विकेट लिएका सागरले फाइनलमा हङकङ विरुद्ध पाँच विकेट हात पारे । चीन र हङकङ विरुद्ध पुरै डोमिनेट गरेका सागरको प्रतियोगितामा लिएका १५ विकेटको पुरा भिडियो हेरौ

पहिलो पटक २०७५ को पीएम कपमा उनले प्रदेश ३ को प्रतिनिधित्व गरेका उनले ३ को इकोनमिमा ४ इनिङ्समा ३ विकेट हात पारेका थिए । पहिलो संस्करणको पोखरा प्रिमिएर लिगमा एक्स्पर्ट धनगढीबाट खेलेका उनले ३ खेलमा ६ दशमलब ९ को इकोनमीमा ३ विकेट हात पारेका थिए ।

यस्तै तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिगमा उनले चितवन टाइगर्सबाट खेलेका थिए । उनले ६ खेलमा ६ को इकोनमीमा बलिङ गर्दै ६ विकेट हात पारेका थिए ।

धनगडी प्रिमियर लिगमा भने सागरले ६ खेलमा ११ विकेट हात पारेका थिए । उनी प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको सुचिमा चौथो नम्बरमा थिए ।

भर्खरै सकिएको पीएम कपमा उनले नेपाल पुलिस क्लबबाट खेलेका थिए । च्याम्पियन बनेको पुलिसबाट सागरले ६ खेलमा २ दशमलब ६४ को इकोनमीमा ८ विकेट हात पारेका थिए ।

Post Add 1025X115
Loading...