च्याम्पियन नेपाली टिमका खेलाडी के भन्छन् त?

0

यू–१९ एसिया कप इस्टर्न रिजन छनोटमा नेपाल च्याम्पियन भएको छ । मंगलबार भएको फाइनलमा हङकङविरुद्ध ६ विकेटको जित निकाल्दै नेपालले श्रीलंकामा आयोजना हुने यू १९ एसिया कप क्रिकेटमा छनोट भएको हो । छनोट भएसँगै श्रीलंकामा नेपालले भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका युएई र कुवेतसँग प्रतिस्पर्धा गर्ने छ ।

डिफेण्डिङ च्याम्पियनको रुपमा मलेसिया पुगेको नेपालले सेमिफाइनलमा घरेलु टोली मलेसियालाई पाखा लगाउँदै फाइनल पुगेको थियो । अपराजित रहँदै उत्कृष्ट प्रदर्शन गरेको नेपाली टिमका सामू अब एसियाकपका लागि अर्को चुनौती रहेको छ । जसका लागि नेपाली युवा खेलाडीहरुले तयारी तत्कालै सुरु गर्ने जनाइएको छ ।

नेपाली खेलाडीहरुले उपाधि जितेपछि के भन्छन् त खेलाडीहरु । हेरौं खेलाडीको यो भिडियो ।

 

Post Add 1025X115
Loading...