कमजोर विपक्षी विरुद्धको सहज जितपछिको नेपालको कठिन चुनौती -भिडियो

1

एसीसी इस्टर्न रिजन च्याम्पियनसिपको उपाधि जित्दै नेपालले लगातार दोस्रो पटक यू-१९ एशिया कपमा स्थान बनाएको छ । श्रीलंकामा अगष्टमा हुने यो प्रतियोगिताको छनोटका रुपमा रहेको प्रतियोगितामा नेपाल एक्लो बलियो टिमका रुपमा देखिएको थियो । घरमा छोटो तयारी भएपनि खेलाडीको आत्मविश्वास र अनुभवका कारण मलेसियाली भूमीमा नेपाल उत्कृष्ट प्रदर्शन गर्यो ।

नेपाली ब्याट्सम्यान र बलरका अगाडी विपक्षीहरु निकै कमजोर देखिए । चाहे त्यो समुह चरणमा होस या फाइनलमा नै । दोस्रो पटक यू १९ टिमको कप्तानी गरिरहेका रोहितको कप्तानी पनि यो प्रतियोगितामा निकै राम्रो देखियो । कुन खेलाडीको क्षमता के भन्ने स्पष्ट रुपमा बुझेका रोहितले बलरलाई सहि ठाँउमा प्रयोग गर्न सफल भए । त्यसमा पनि युवा खेलाडी उत्पादनमा बढि जोड दिइरहेका प्रशिक्षक विनोद दाश रोहितको ब्याक बोन बने ।

पछिल्लो एक बर्षमा ३० जना नयाँ अनुहारलाई यू १९ स्तरमा पुर्याइसकेका विनोदका लागि पनि यो प्रतियोगिताले ठुलो भुमिका खेलेको थियो । कारण उनकै प्रशिक्षणमा अघिल्लो पटक नेपालले एशिया कपमा भारत जस्तो टिमलाई पाखा लगाएको थियो ।
यसपटक पनि एशिया कपमा सहज रुपमा स्थान बनाउछ भन्ने अनुमान गरिएको थियो र हुन पनि त्यहि भयो ।

प्रतियोगिताको पहिलो खेल देखि नै नेपालले आफ्नो क्षमतालाई विपक्षीका अगाडी स्पष्ट राखेका थिए । त्यसैले पनि होला एसीसीका प्रतिनिधीले खेलाडीको जमघट कार्यक्रममा स्पष्ट भनेका थिए, नेपालले उपाधि जित्छ भनेर । उनले नेपालको क्षमता र समुह चरणका दुई खेलमा हात पारेको नतिजाका आधारमा सो कुरा भनेपनि नेपाली युवा टिम यसपटक अहिलेसम्म कै उत्कृष्ट टिम मध्येको एक थियो ।

 

पहिलो पटक टिममा स्थान बनाएका खड्का बोहोराले खेलेकोे ९० रनको पारी होस या तिलकराज भण्डारीले डेब्यु खेलमा तीन विकेट लिनु । यस्तै रित गौतमको यू १९ क्रिकेटमा चार बर्षपछि सतक होस या पवन सराफले दुई वटा पारीमा अर्धसतक बनाउन चुक्नु । यस्तै यो प्रतियोगितामा राम्रो खेलाडीका रुपमा उदय भएका खेलाडीमा हुन सागर ढकाल । प्रतियोगितामा कुल १५ विकेट लिएका उनी राष्ट्रिय टिमका प्रबल दाबेदारका रुपमा अगाडी बढेका छन ।

ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा अब्बल देखिएको नेपालले यो प्रतियोगिता त सहज रुपमा जितेको छ, तर अब ठुलो चुनौती टिमका अगाडी रहेको छ । त्यो हो एशिया कप ।


अघिल्लो संस्करणमा भारतलाई हराएपनि नेपाली युवा टिम राम्रो छ भन्ने छाप अरु देशलाई परिसकेको छ । प्रतियोगिताका लागि नेपालको तयारीको समय करिव एक महिना भन्दा कम रहेको छ । यस्तोमा उसले कस्तो तयारी गर्ने हो, कसरी खेलाडीलाई बढि भन्दा बढि म्याच एक्सपोजर दिने हो त्यो ठुलो चासोको विषय छ ।

प्रशिक्षक विनोद दासको भनाई अनुसार नेपाली टिम स्वदेश फर्किएको एक सातामा नै एशिया कपको तयारीमा लाग्नेछ । त्यसका लागि उनले एशियन क्रिकेट काउन्सिलसँग योजना पनि पठाएर पारित भइसकेको छ । एशिया कप खेल्न जानुअघि नेपालले विदेशी भूमीमा प्रशिक्षण गर्ने निश्चित नै छ । जसका लागि भारतमा जाने संभावना बढि रहेको छ ।

एशिया कपका लागि एउटा उत्कृष्ट टिम बनाउन प्रशिक्षक विनोदले इस्टर्न रिजन च्याम्पियनसिप अगाडी नै योजना बनाइसकेका थिए । त्यसैले पनि उनले यो प्रतियोगिताका लागि अनुभवी खेलाडीको सट्टा युवा खेलाडीलाई मौका दिएका थिए । उनको त्यो रिस्क फ््याक्टरले यो प्रतियोगितामा राम्रो फल पाएको छ । विनोदले मौका दिएका विशाल बाहेक अरु खेलाडीले पाएको मौकाको सदुपयोग गर्न सफल भए । जसमा उनी सन्तुष्ट पनि छन ।

टेष्ट देश विरुद्ध खेल्न नेपालका लागि सजिलो भने हुने छैन । तर जुन फर्म र जुन आत्मविश्वासमा अहिलेको टिम रहेको छ, त्यसले एशिया कपमा पनि नेपालले राम्रो नतिजा नल्याउला भन्न सकिन्छ ।

भारतमा प्रतियोगिता खेल्ने

एशिया कपपछि नेपाली युवा टिमले भारतमा हुने च्यालेञ्जर्स कप खेल्ने लगभग पक्का जस्तै छ । यो प्रतियोगिताले पनि युवा खेलाडीलाई राम्रो एक्सोजरको माध्यम हुनेछ । यो प्रतियोगताको मिती अक्टोबरमा हुने प्रबल संभावना रहेको छ ।

भारतीय क्रिकेट बोर्डले नेपाललाई निम्तो पठाइसकेको छ । तर यसको मिती र टिमको एकिन भने हुन सकेको छैन । तर प्रतियोगितामा नेपालसँग भारतका दुई टिम हुनेछन भने अर्को एक टिम हुने भएको छ । यसका लागि बीसीसीआईले केहि सातामा पुर्ण जानकारी गर्ने बताइएको छ ।

अबको चुनौती

नेपाली युवा टिमलाई बसै भन्दा ठुलो चुनौती अबको ६ महिनापछि अनुभवी तथा अहिलेका टिमका सिनियर खेलाडीको उमेर हकबन्दीका कारण टिमबाट खेल्न पाउनेछैनन् । यस्तो अवस्थामा प्रशिक्षक दासले कसरी नयाँ खेलाडीलाई टिममा सेट गर्ने हुन त्यो हेर्न बाँकि छ ।

यू १६ मा पनि केहि राम्रा खेलाडी रहेका छन । तर उनीहरु अझैपनि कच्चा नै छन । उनीहरुलाई कस्तो एक्पोजर दिने हो त्यो योजना कसरी बनाइने हो त्यो पनि चासोको विषय छ ।

एसीसी एस्टर्न रिजनको उपाधि जितेपछि यू १९ टिमको फेरी चर्चा भएको छ । तर यो चर्चालाई चर्चामै सिमित राख्ने की अगामी दिनका लागि योजना बनाउने त्यो महत्वपुर्ण विषय हो ।

Post Add 1025X115
Loading...