सदस्यसचिव सिलवालले शुरु गरे काम

0

काठमाडौं, २३ असार । राष्ट्रिय खेलकुद परिषद् राखेपको कार्यकारी पद सदस्यसचिवको रुपमा रमेशकुमार सिलवालले काम शुरु गरेका छन् ।

४ वर्षका लागि युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले काठमाडौंको गोल्डेन गेट कलेजका सञ्चालक समेत रहेका सिलवाललाई सदस्यसचिवमा नियुक्त गरेका हुन् ।

यसअघि नेपाल भलिबल संघको सिफारिसम उनलाई राखेपको सदस्यमा नियुक्त गरिएको थियो । त्यसपछि मन्त्री विश्वकर्माले सोमबार नै सिलवाललाई सदस्यसचिवमा नियुक्त गरेर पद तथा गोपनियताको सपथ दिलाए । मन्त्रालयमा सपथ ग्रहण गरेर उनी त्रिपुरेश्वरमा पुगेर पदवहाली गरे ।

सपथ पछि सिलवालले आफ्ना अगाडि काम धेरै रहेको बताउँदै बोल्नु भन्दा पनि काममा विश्वास गर्ने बताए । आफूले चुनौती स्वीकार गर्नका लागि नै राखेपमा आएको बताए । विधि र विधान अनुसार आफू राखेप सञ्चालन गर्ने र सबैको साथ लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

Post Add 1025X115
Loading...