राखेप सदस्यसचिवको सपथ लिए सिलवालले, केहीबेरमा पदबहाली गर्ने

0

काठमाडौं, २३ असार । राष्ट्रिय खेलकुद परिषद् राखेपको सदस्य सचिवमा नियुक्त भएका रमेश कुमार सिलवालले पद तथा गोपनियताको सपथ लिएका छन् ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वर्माले सिलवाललाई आजैदेखि लागू हुने गरि सदस्यसचिवमा नियुक्त गरेका हुन् । मन्त्रालयमा आयोजित कार्यक्रममा सिलवालले पद तथा गोपनियताको सपथ लिए ।

उनलाई मन्त्री विश्वकर्माले सपथ ग्रहण गराएका हुन् । गत असार ९ गते तत्कालिन सदस्यसचिव केशबकुमार विष्टको चार वर्षे कार्यकाल सकिएपछि राखेप सदस्यसचिव विहीन बनेको थियो । सिलवालले आजै त्रिपुरेश्वरमा पद बहाली पनि गर्ने छन् ।

Post Add 1025X115
Loading...