एसीसी यू-१९ इस्टर्न रिजन फाइनलमा नेपालको विपक्षी हङकङ

0

एसीसी यू १९ इस्टर्न रिजन च्याम्पियनसिपको फाइनलमा नेपालले हङकङलाई विपक्षीका रुपमा पाएको छ । सेमिफाइनलमा नेपालले मलेसियालाई सात विकेटले हराउँदा हङकङले सिंगापुरलाई डकवर्थ एण्ड लुइसको नियमका आधारमा ५१ रनले हरायो ।

हङकङ पहिले ब्याटिङ गर्दै नौ विकेटको क्षतीमा दुई सय ४७ रन बनाएको थियो । जवाफमा सिंगापुरको स्कोर २८ ओभर तीन बलमा ५ विकेटका क्षतीमा ९७ रन हुँदा भारी बर्षा भएपछि खेल संभव हुन सकेन । जसका कारण डीएल मेथडमा हकङकङ विजयी भयो ।

एसीयन क्रिकेट काउन्सिलको आयोजनामा भइरहेको यो प्रतियोगितामा फाइनल खेल अगाडी दुबै टिमलाई आरामको मौका दिइएको छैन । एसीसीले सेमिफाइनलको अर्को दिन नै फाइनल खेलाउने निर्णय गरेको छ । जसका कारण दुबै टिमले राम्रोसँग आरामको मौका नपाउने देखिएको छ ।

यस्तोमा नेपाल भन्दापनि हङकङले लगातार तीन दिनमा तीन खेल खेल्नुपर्ने देखिएको छ । जसमा उसले समुह चरणको अन्तिम खेल, सेमिफाइनल फाइनल लगातार रुपमा खेल्नुपर्ने भएको हो ।

अन्तराष्ट्रिय संस्था भएपनि उसले बनाएको खेल तालिका भने सो मापदण्ड अनुसारको नभएको हो की भन्ने पनि कौतुहल खेलाडीमा उब्जिएको छ ।

एसीसीले पनि उमेर समुहको भनेर यस्तो किसिमको खेला तालिका बनाएको हुनसक्ने पूर्व क्रिकेटर बताउछन ।

Post Add 1025X115
Loading...