टिम फाइनलमा पुगेपछि कप्तानले रोहितले के भने-भिडियो कुराकानी

0

नेपाललाई एसीसी यू १९ इस्टर्न रिजन च्याम्पियनसिपको फाइलनमा पुर्याएका कप्तान रोहित पाैडेलले टिमले राम्रो खेलेको बताए । उनले नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेका कारण मलेसिलाई सोचेको भन्दा सस्तोमा समेट्न सफल भएको बताए । यसका साथै उनले सुरुवाती तीन विकेट गुमाउदा पनि लक्ष्य सानो भएकाले टिम जित्नेमा विश्वस्त रहेको धारणा राखे ।

सुरुवातमा नै तीन विकेट गएपछि आफुले भिम शार्कीलाई राम्रो साझेदारी गर्न आवश्यक रहेको सम्झाउँदै अगाडी पारी बढाएको बताए ।

उनीहरुलाई १२०–१४० मा प्याक गर्ने हाम्रो योजना थियो । अरु टिमहरुसँग खेल्दा पनि उनीहरुले १७० को हाराहारीमा रन बनाएका थिए । उनीहरुलाई सस्तैमा आउट गर्दा लक्ष्य पछ्याउन पनि सजिलो हुन्छ सस्तैमा अलआउट गर्ने योजना थियो । कमल (सिंह ऐरी) दाई र राशिद (खान) ले राम्रो शुरुवात दिए, त्यसपछि सागर (ढकाल), कुशल (मल्ल) ले पनि राम्रो बलिङ गरे ।

उनीहरुलाई ८८ रनमा अलआउट गर्न पनि सफल भयौं । शुरुमा ब्याटिङले केही संघर्ष गर्नु परेको थियो । त्यसपछि भीम (शार्की) र मैले खेल्यौं । यो प्रतियोगिता एक दम राम्रो भएको छ । आफ्नो लयमा गइरहेका छौं ।

शुरुमा खेल छिटो सकाउने भनेर पनि विकेट गएको हो ?

रितको हकमा त्यस्तो योजना थिएन । पवनलाई चाहीँ लुज बलहरुमा आक्रमक ब्याटिङ गर्न भनेको थियौं । क्रिजमा टिकेर खेल्दा पनि १२–१४ ओभरमा खेल सकाउन सकिन्थ्यो ।

तपाई र भीम जाँदा तीन विकेट गइसकेको थियो । के कुरा भइरहेको थियो ?

३० रनमा तीन विकेट गइसकेको थियो । यहाँदेखि २० रन बनाएर अर्को टिमलाई छोड्दा पनि फरक पर्दैन भनेर भीमलाई भनेको थिएँ । ५० रन भएपछि उसलाई अरु १० रन भनेको थिएँ । यस्तो गर्दा टार्गेट अझ नजिक आइपुग्यो ।

ट्रफी हाम्रै हो त ? हाहा (हाँसो) ।

यस्तै मेहनत गर्‍यौं भने हामी जित्छौं पनि ।

Post Add 1025X115
Loading...