मलेसियाले डिफेन्सिभ खेल्दा मैले ‘पेस भरियसन’ गरेः सागर ढकाल

0

सागर ढकालको तीन विकेटको मद्दतले नेपालले मेलेसियालाई सस्तैमा समेट्यो। मेलेसियाले नेपाललाई ८८ रनको लक्ष्य दिएको थियो । नेपालले सो लक्ष्य १६ ओभरमा तीन विकेटको क्षेतिमा भेट्टाएको थियो। सागर यसअघि पहिलो खेलमापनि ३ विकेट लिदै म्यान अफ दि म्याच भएका थिए। आजको खेलमापनि उनी अफ दि म्याच भएका छन्। उनसँग गरिएको कुराकानीः

दुबै खेलमा म्यान अफ द म्याच हुँदा कस्तो लागिरहेको छ ?

सँधै राम्रो प्रदर्शन गर्न खोज्ने हो । कहिले राम्रो हुन्छ कहिले हुँदैन । टिमका लागि खेल्ने हो । म्यान अफ द म्याच हुँदा राम्रो महसुस त भइहाल्छ ।

तपाईको विकेट म्याचको टर्निङ पोइन्ट बन्यो । त्यसपछि लगातार विकेट गएका थिए । म्याच सिनारियो कस्तो थियो ?

उनीहरुले राम्रो पर्टनरसिप गरिरहेका थिए । फ्ल्याट विकेट भएका कारण डिफेन्सिभ भएर ब्याट्म्यानले खेल्यो भने आउट गर्न गाह्रो छ । तर पनि उनीहरुलाई आउट पारेँ । पछि अलि सजिलो भयो ।

उनीहरु डिफेन्सिभ खेल्दा योजना कस्तो थियो ?

उनीहरुले डिफेन्सिभ खेल्दा मैले ‘पेस भरियसन’ गरेको थिएँ । त्यस्तो गाह्रो भएन ।

फाइनलका लागि यसले आत्मविश्वास कतिको बढेको छ ?

आत्मविश्वास त बढेको छ । फाइनलमा पनि राम्रो गरेर जित्ने भन्ने लक्ष्य छ ।

Post Add 1025X115
Loading...