राखेपका कर्मचारीको बढुवा दाउरेको कथा जस्तो !

0

राष्ट्रिय खेलकुद परिषद राखेपमा कर्मचारीहरुको बढुवा नभएको बर्षौं भइसक्यो । कर्मचारीको बढुवा मेरै कार्यकालमा हुन्छ भनेर निर्वतमान सदस्यसचिव केशबकुमार विष्टले भाषणवाजी नगरेका पनि होइनन् ।

कार्यकालको अन्त्यतिर तपाईले ४ वर्षे कार्यकालमा के काम गर्न सक्नु भएन भन्ने जिज्ञाषामा उनले भनेका थिए, ‘कर्मचारीको समस्या समाधान गर्न सकिएन, खेलकुद विश्वविद्यालयको काम जुन हिसाबमा हुनुपर्ने थियो त्यो गर्न सकिएन्, लगएतका केही कुराहरु भनेका थिए ।
सँगसँगै उनको दावी थियो अब नयाँ आउने सदस्यसचिवले यी कामहरु सहजरुपमा सम्पन्न गर्नुहुन्छ । अहिले सबैको प्रक्रिया शुरु भइसकेको छ ।
अहिले राखेपको नयाँ सदस्यसचिवको रुपमा रमेशकुमार सिलवाल आएका छन् । उनी निर्वतमान सदस्यसचिव विष्ट आउनु भन्दा फरक समयमा आएकाले उनलाई खेलकुद बुझ्न केही समय लाग्ने छैन् । जति विष्टलाई लागेको थियो । सपथग्रहण समारोह देखि पछिल्ला दिन विष्टपनि सँगै रहेका छन् र उनले आफूले शुरु गरेका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्दै आएका छन् ।
विहीबार राखेप कर्मचारी संघले आयोजना गरेको स्वागत तथा विदाई कायर्कक्रममा सदस्यसचिव सिलवालले आफूले गर्ने काम यसरी प्रस्तुत गरे । उनले भने कर्मचारीको बढुवा हुन्छ । समस्या समाधान गर्नका लागि राखेप नेतृत्व सधैं तयार रहन्छ । सँग सँगै उनले परिषद्का कर्मचारीको बढुवा हुने शर्त भने घुमाउरो तरिकाले राखेका थिए । अहिले खेलकुदका कर्मचारीहरु दिन कटाउनलाई मात्रै आउने गरेको भन्ने आरोप लागि रहेका बेला सदस्यसचिवको पछिल्लो अभिव्यक्तिले केही सजग बनाएको हुनुपर्छ ।
कार्यक्रममा सदस्यसचिव सिलवाले भनेको कुराको सम्पादित अंश ।

कार्यक्रम छोटो गर्ने, कार्यक्रममा खादा माला प्रयोग नगर्ने । हामीले कुनै पनि कार्यक्रममा लामो भाषण गर्दै आएका छौं । हामीले अन्तर्राष्ट्रिय ठूला ठूला प्रतियोगिताको उद्घाटन समारोह हेरेर पनि सक्नु पर्छ । अब हामीले छोटो मिठो कार्यक्रम गर्नु पर्छ ।
म कर्मचारी साथीहरुलाई भन्न चाहन्छु अबदेखि ज्ञापन पत्र नबनोस माग पत्र नबनोस ।

मैले सबैलाई बोलाएर छलफल गर्दैछु । भर्खरै नियुक्त भएकाले तपाईसबैसँग मैले भेट गर्न पाएको छैन् । मैले अहिले तपाईहरुको फाइल अध्ययन गरिरहेको छु । राति २ बजे अघि सुतेको छैन । म विहान सात बजे नै अफिस आइपुग्छु । मैले अन्तरवार्ता नलिनुस भन्दा भन्दै पनि लिइरहनु भएको छ । म यहाँ कुरा भन्दा पनि काम गर्न आएको हुँ ।

कर्मचारी संघर्ष समिति बनाउँदै हुनुहुन्छ भने त्यो बनाउन आवश्यक छैन् । हाम्रो विंस भनेको कर्मचारी साथीहरु हो । यसलाई बलियो बनाउन सकिएन भने खेलकुदको विकास हुँदैन् । बाहिरबाट ल्याएको मान्छेले खेलकुदको विकासका लागि काम गर्न सक्दैन । हामीसँग योग्यता छैन भने योग्यता क्षमता विकास गर्नु पर्छ । मैले ‘इच एण्ड एभ्री’ कर्मचारीको व्यक्तिगत फाइल बनाउँछु । कामको मुल्यांकन गर्ने परिपाटी बसाउँछु । कामको मुल्यांकनका आधारमा कर्मचारीको मुल्यांकन हुन्छ ।

एउटा कथा भन्छु है ‘एउटा दाउरे १० वर्षदेखि दाउरा चिर्दै थियो । अर्को दाउरे १ वर्ष अघि मात्रै दाउरा चिर्न आयो । हाकिमले एक वर्षदेखि दाउरा चिर्नेलाई प्रमोशन दियो । १० वर्ष काम गरेको दाउरे हाकिमसँग गएर भन्यो किन यस्तो सर मलाई त मर्का पर्यो नी, जवाफमा हाकिमले भन्यो तिमीले गरेको काम भन्दा उसले दोब्बर काम गरेको छ । तिमीले पहिले भन्दा काम गर्यौं । मलाई त दाउरा चिर्ने मान्छे चाहिएको हो, को कति वर्ष पुरानो भयो भन्ने होइन् । त्यसमा पनि असहमति जनाएपछि पुरानो दाउरेलाई दाउरा चिर्ने बञ्चरो ल्याउन लगायो र भन्यो मैले भन्दा उसले किन दाउरा धेरै चिर्यो ?’

हाकिमले फेरि पुरानो दाउरेलाई सोध्यो तिमीले कसरी दाउरा चिर्‍यौं । उसले जवाफ दियो ‘मैले आज आए त्यही बञ्चरोले दाउरा चिरे, भोली पल्ट पर्सी पल्ट पनि त्यस्तै गर्दै आज सम्म दाउरा चिर्दै आएको छु ।’

नयाँलाई सोधे तैंले कसरी धेरै दाउरा चिरिस त ‘नयाँको जवाफ थियो, मैले पहिलो दिन दाउरा चिरे, धार भुत्तियो फेरि धार लगाए र अर्को पटक दाउरा चिरे यसरी हरेक दिन धार लगाउँदै दाउरा चिरे ।’

एउटा धार लगाउँदै चिर्ने दाउरे अर्को सधैं पुरानै भुत्तेको बञ्चरोबाट दाउरा चिर्ने । त्यसैले धार लगाउनेले प्रमोशन पाएको हो । त्यसैले तपाईहरु पनि हरेक दिन आफूलाई धार लगाएर अर्थात राम्रोसँग काम गरेर देखाउनुस् । अब हामीले खेलकुदको डाटा पनि अपडेट गर्नु पर्छ । यो काम एक हप्ताभित्र गर्ने गरि जिम्मेवारी लिइसकेको छु ।

Post Add 1025X115
Loading...