ललित स्मृति यू–१८ फुटबलमा मनाङ र मछिन्द्र विजयी

0

ललित स्मृति यू–१८ फुटबल प्रतियोगितामा आज मछिन्द्र फुटबल क्लब र मनाङ मस्र्याङ्दी क्लब विजयी भएका छन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको पहिलो खेलमा मछिन्द्रले न्यू रोड टिम एनआरटीलाई २–१ ले हरायो । मछिन्द्रको प्रतियोगितामा दोस्रो जित हो ।

दुई जित हात पारेसँगै मछिन्द्रले क्वार्टर फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

एनआरटीले लिएको एक गोलको अग्रता उल्टाउँदै मछिन्द्रले जित निकाल्यो । पहिलो हाफ गोलरहित बनेको खेलको ५५औं मिनेटमा एनआरटीका मान कुमार राईले गोल गर्दै टिमलाई अग्रता दिलाए । ७३औं मिनेटमा विपिन गुरुङले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । इन्ज्युरी समयमा विनम गुरुङले गोल गरेपछि मछिन्द्र २–१ ले विजयी भयो ।

अर्को खेलमा मनाङ मस्र्याङ्दी क्लबले फ्रेण्ड्स क्लबलाई २–१ ले हरायो । खेलको २५ औं मिनेटमा श्रीजन राज गौतमले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा मनाङले एक गोलको अग्रता कायम राख्यो । ७३औं मिनेटमा फ्रेण्ड्सका राजिव लोप्चनले गोल गर्दै खेल बराबरीमा पु¥याए । ८४औं मिनेटमा मनाङका राज थोकरले गोल गर्दै जित पक्का गरे ।

Post Add 1025X115
Loading...