करियर एउटै, कथा उस्तै उस्तै, तर भूमीका फरक-रासिद र पवन (भिडियो अन्तरवार्ता)

0

नेपाली यू १९ टिमका दुई सदस्य जसले टिमको प्रदर्शनमा राम्रो प्रभाव पार्न सक्छन, ती हुन पवन सराफ र रासिद खान । यी दुई युवा खेलाडी जुन स्थानमा जन्मिए, त्यो ठाँउमा कुनै बेला क्रिकेट भनेपछि भारत र पाकिस्तान विचको खेल जस्तो हुने गथ्र्यो, हो । कलैया र विरगञ्जका यी दुई खेलाडीमा बाल्यकाल देखि नै क्रिकेटको भुत चडेको थियो । तर क्रिकेटमा लाग्नुको कारण भने ब्यक्तिगत भन्दापनि आफ्नो रगतको सपना पुरा गर्न ।

रासिदलाई उनको बुबाको क्रिकेटर हुने अधुरो सपना पुरा गर्नु थियो भने पवनलाई दाईको । बाल्यकाल देखि नै एउटै क्षेत्रबाट खेल्ने भएपनि स्थानीय क्लवमा भने दुबै खेलाडीले खेल्ने टिमको वार नै हुन्थ्यो ।

तर अहिले निकै मिल्ने साथीका रुपमा रहेका पवन र रासिद नेपाली क्रिकेटमा करियर बनाउन पाइला चाल्दैछन । जुनियर स्तर देखि नै अगाडी आएका रासिद यू १९ प्रतियोगिताको लगभग अन्तिमतिर पुगेका छन । यता रासिद भने अझै आफ्नो क्रिकेट यात्रामा बेष्ट हुने लयमा छन ।

तर यी दुई खेलाडीको क्रिकेट यात्रा र भोगाई ठाउँ फरक भएपनि उस्तै उस्तै छ ।

हेरौ रासिद र पवनको क्रिकेटको गाथा र रमाइला पक्षहरु

 

Post Add 1025X115
Loading...