ट्रफि हाम्रै होः कप्तान राेहित पाैडेल

0

एसीसी यू–१९ इस्टर्न रिजनको सेमिफाइनलमा भोली नेपालले आयोजक टोली मलेसियासँग खेल्दैछ । सेमिफाइनलमा उत्रिनुअघि नेपाली कप्तान रोहीत कुमार पौडेलसँग गरिएको कुराकानी यसप्रकार छ ।

भाेलीकाे म्याच कस्ताे हुने अपेक्षा गर्नु भएकाे छ ?

उनीहरु त्यस्तो उत्कृष्ट टिम त हाइन । ओभरमा एक दुई बल लुज हुन्छ, त्यसलाई सदुपयोग गर्नु पर्छ । विकेट फ्ल्याट छ । शुरुको चार पाँच ओभर हेर्ने अनि त्यसपछि आफ्नो रणनीति अनुशार प्रदर्शन गर्ने योजना छ ।

यो प्रतियोगितामा हामीले गरेको प्रदर्शन र उनीहरुको प्रदर्शन हेर्दा हामी बलियो देखिएका छौं । मलेसियाविरुद्ध कतिको प्रतिष्पर्धात्मक खल हुन्छ जस्तो लाग्छ ?
चीन सिंगापुरभन्दा मलेसिया राम्रै छ । यो भन्दा अघि भएको विश्वकप छनोट प्रतियोगितामा पनि हामीले यो टिमसँग खेलिसकेका हौं । तयति राम्रो टिम थिएन । अहरु टिम पनि त्यति राम्रा थिएनन् । तर प्रतिद्वन्द्वीलाई हल्का रुपमा लिनु भएन । त्यहाँ गएर शतप्रतिशत प्रदर्शन गर्ने हो । सबैलाई एउटा जिम्मेवारी दिइएको छ । त्यही अनुशार खेल्नु पर्छ ।

मौसमले पनि समस्या पार्न सक्छ । त्यस्तो अवस्थामा के हुन्छ ?
भोली टस हेरेर योजना बनाउनु पर्छ ।

सेमिफाइनलमा अगाडीकै सेट उतार्ने योजना छ की परिवर्तन हुन्छ ?
सेमिफाइनलमा पनि कुनै खतरा नमोलिकन हामी उत्कृष्ट ११ खेलाडी मैदानमा उत्रिनेछौं । दुईवटा खेल बाँकी छ । लगभग सबैलाईमौका दिइसक्यौ ।

खेलाडीको फिटनेसको अवस्था के छ ?
सबैजना फिट छन् । आज तय भएको अभ्यास सेसन वर्षाले गर्दा रद्द भएपछि हामी पूर्ण रुपमा आराम गर्नेछौं ।

फाइनल पुग्ने सम्भावना कतिको छ ?
आफ्नो जिम्मेवारी राम्रोसँग निभाएको खण्डमा हामी फाइनल पुग्छौं । कुनै पनि टिमलाई हल्का रुपमा लिनु भएन ।
पूरा अन्तरवार्ता यहाँ

Post Add 1025X115
Loading...