विम्बल्डनमा १५ वर्षे अमेरिकी खेलाडी गउफको सनसनी

0

१५ वर्ष अमेरिकी खेलाडी कोको गउफ विम्बल्डनको प्रिक्वार्टर फाइनलमा प्रवेश गरेकी छिन् । तेस्रो चरणको खेलमा स्लोभेनियाकी पोलोना हरकगविरुद्ध दुई म्याच पोइन्ट जोगाउँदै कोकोले २–१ को जित हात पार्दै विम्बल्डनमा सनसनी मच्चाएकी छिन् ।

पहिलो चरणमा पाँच पटककी च्याम्पियन भेनस विलियम्सलाई हराएकी कोको हरकगविरुद्धको पहिलो सेटमा ३–६ ले पराजित भइन् । त्यसपछिको दुई सेट जित्दै उनी अन्तिम १६ मा स्थान बनाउन सफल भइन् । दोस्रो सेटमा ९–७ सम्म पुगेको टाइब्रेकरमा उनी ७–६ ले विजयी भइन् । त्यसपछि निर्णायक सेटमा उनी ७–५ कोे जित हात पारिन् ।

‘पहिलो सेटमा जस्तो नतिजा आएपनि पुनरागमन गर्न सक्छु भन्ने विश्वास थियो,’ एक पछि अर्को सफलता पाएपछि आत्मविश्वाशी बनेकी गउफले हरकगलाई हराएपछि प्रतिक्रिया दिइन् ।

‘कोर्टमा उपस्थित दर्शकहरुको समर्थन उत्कृष्ट थियो,’ उनले थपिन् । अब प्रिक्वार्टर फाइनलमा गउफले पूर्व विश्व नम्बर एक रोमानियन खेलाडी सिमोना हलेपको सामना गर्नेछिन् ।

Post Add 1025X115
Loading...