यू १९ क्रिकेट टिममा डेब्यु गरेका खड्क बोहोराले देखाएको ब्याटिङ क्लास

0

नेपाली यू १९ क्रिकेट टिम एसीसी इस्टर्न सिजन च्याम्पियनसिपका लागि कीर्तिपुर मैदानमा तयार गरिरहदा क्याम्पमा पहिलो पटक बोलाइएका खेलाडी थिए, खड्का बोहोरा । प्रधानमन्त्री कपमा उदयीमान खेलाडी बनेर चर्चा बटुलेका खड्कले यति चाँडै यू १९ टिममा स्थान बनाउछन भनेर सायदै कसैले सोचेका थिए होला । कतिपय खेलाडीले घरेलु मैदानमा राम्रो गरेपनि राष्ट्रिय टिममा स्थान बनाउन दुई पटकको प्रयासपछि मात्र मौका पाएका छन । तर यस हिसावमा खडेका भाग्यमानी ठहरीए ।

यू १९ क्याम्पका लागि प्रशिक्षक विनोद दासले पीएम कप क्रिकेटमा राम्रो गरेका खड्कलाई मौका दिए । उनलेपनि आफुले पाएको मौकालाई भरपुर सदुपयोग गरे । जसको नतिजा उनले पूर्व कप्तान आसिफ शेखको स्थान लिदै पहिलो पटक राष्ट्रि टिममा डेब्यु गर्ने मौका पाए ।

नयाँ जोस र धेरै आशा र मनमा अनेकन कौतुहल बोकेर उनी मलेसिया उडे । इस्टर्न रिजन च्याम्पियनसिपको पहिलो खेलमा नै उनले डेब्यु गर्ने मौका पाए । तर चीनले दिएको झिनो लक्ष्यका कारण उनले ब्याटिङमा मौका पाएनन् । सो खेल नेपालले १० विकेटले जित्यो ।

पहिलो खेलमा ब्याटिङ गर्न नपाएका खड्कालाई अर्को कौतुहल थियो की दोस्रो खेलमा टिममा परिन्छ की नाई भनेर । यस्तोमा प्रशिक्षक विनोद दासमा विश्वास थियो की उनले मौका पायो भने राम्रो गर्छन भनेर । यस्तैमा सिंगापुर विरुद्धको खेलमा खड््कले प्लेइङ सेटमा मौका पाए ।

किनरारा ओभल मैदानमा सिंगापुर विरुद्ध पवन सराफ आउट भएपछि उत्रिए खड्क बोहोरा । नत यू १६ क्रिकेट, नत कुनै उमेर समुह, उनी पीएम कपबाट उदाएका खेलाडी थिए । टिमले उनलाई तेस्रो स्थानमा ब्याटिङको जिम्मेवारी दियो । कुनैपनि टिममा तेस्रो स्थानमा अनुभवी र राम्रो फर्ममा रहेका खेलाडीलाई पठाउने गरिन्छ । यसमा पनि प्रशिक्षक विनोद दाशले अरु विकल्प हुँदा हुँदै खड्कलाई पठाए ।

Photo:cricketingnepal

डेब्यू प्रतियोगिता त्यसमा पनि पहिलो पटक अन्तराष्ट्रि प्रतियोगितामा ब्याटिङ गर्न उत्रिएका खड्कले आफ्नो पारीको सुरुवाती तीन चार बलमा केहि अफ्ट्यारो मानेर खेलेको जस्तो देखियो । एक छेउमा राम्रोसँग जमिसकेका रित गौतम थिए । अर्को पट्टि थिए खड्क । उनले खेलेको पहिलो ओभरमा केहि बलमा कन्फ्युज देखिदा रितले उनलाई सम्झाए र उनलेपनि पिचलाई रिड गर्न थाले । दायाँ हाते ब्याट्सम्यान खड्कले त्यसपछि आफ्नो ब्याटिङ क्लासलाई सिंगापुरका बलर विरुद्ध भरपुर प्रयोग गरे ।

उनको ब्याटिङ हेर्दा लाग्थ्यो, उनी पहिलो पटक अन्तराष्ट्रिय क्रिकेटमा ब्याटिङ गरिरहेका छन । पुरै कुल, कम्पोज र आत्मविश्वासले भरिपुर्ण ब्याटिङ गरे । उनले ९० बलमा ९० रन बनाउँदा जतिपनि बाउन्ड्री प्रहार गरे । हरेक सटमा ब्याटको टाइमिङ निकै उत्कृष्ट थियो ।

यतिमात्र होइन रित गौतमसँग उनको रनिङ बिटुइन दी विकेट पनि यति राम्रो थियो की एक पटक पनि रनआउटको मौका दिएनन् । पहिलो खेलमा नै यस्तो किसिमको ब्याटिङ गर्दा प्रशिक्षक विनोद दासले जे सोचेर रिस्क लिएका थिए, त्यो त्यसै लिएका होइन रहेनछन भन्ने प्रमाणित गरे ।

उनको हरेक सटहरु निकै क्लासीक थियो । चाहे त्यो, कट सट होस, स्टेप आउट गरेर खेल्दा होस या इनसाइड आउट । सबै सटहरु अनुभवी खेलाडीको जस्तो देखिन्थ्यो ।

विकेटकिपर ब्याट्सम्यान खड्कले अनुभवी खेलाडी आसिफ सेखको स्थान किन लिएछन त भन्ने उनको पहिलो पारीबाट नै प्रष्ट देखाए ।

photo:cricketingnepal

घरेलु प्रतियोगितामा ५० ओभरको खेलमा डेब्यु गर्दापनि उनको क्लास देखिएको थियो । भलै टिम पहिलो चरणबाट नै बाहिरीयो, तर उनले आफुले खेलेका तीन खेलमा एउटा अर्धसतक बनाएका थिए भने बाँकि दुई खेलमा पनि राम्रो गरेका थिए । जसमा उनले पहिलो खेल एपीएफ विरुद्ध खेल्दा १९, प्रदेश ५ विरुद्ध ६२ र प्रदेश तीन विरुद्ध ४० रन बनाएका थिए ।

सुदुरपश्चिमको बैतडीमा जन्मिएका खड््कमा क्रिकेटको किराले बाल्यकालबाट नै जरा गाडेको थियो । त्यसैलेपनि उनले एसएलसी दिएपछि काठमाडौं आएर सोझै एकेडेमीमा प्रशिक्षण लिन सफल भए । हिमालयन क्रिकेट एकेडेमीका उत्पादक उनलाई क्रिकेटर बनाउन उनका बुबाका साथै अंक बिरसिंहको मुख्य मुभिका रहेको थियो ।

कुनैपनि जुनियर लेभलको प्रतियोगिता नखेली एकैपटक यू १९ टिममा पर्नु कुनैपनि खेलाडीका लागि ठुलो चुनौती हो । त्यो खड्कमा पनि लागु नभएको होइन । तर पीएम कप भन्दा अगाडी नसुनीएको नाम एकाएक उमेर समुहको टिममा पर्दा निकै तरंग नफैलिएको होइन ।

तर उनले एकै खेलमा सबै प्रमाणित गरेका छन । यतिमात्र होइन, उनले राम्रो प्रशिक्षण पाएमा निकट भविष्यमा राष्ट्रिय टिमको ढोका चाँडै खोल्ने देखाएका छन । तर त्यसका लागि उनको क्षमतालाई निखार्न निकै जरुरी छ ।

ब्याटिङको पहिलो इनिङमा नै सतकको नजिक पुगेर चुकेका खड्कको एउटै भनाई छ, जुन विश्वासका साथ मलाई तेस्रो स्थानमा पठाइएको थियो, त्यो मैले प्रमाणित गुर्नुथियो, त्यसमा सफल भए, तर सतक बनाउन पाएको भए झन उत्कृष्ट हुने थियो ।

उनले के भनेका थिए हेरौ भिडियो

Post Add 1025X115
Loading...