युनिफाइट क्युकोशिनलाई जापानी नागरिक मिचाकी योदाले सहयोग गर्ने

0

युनाइटेड नेप्लिज क्युकोशिन एडभासमेन्ट युनिकाको आयोजनामा आज राजधानीमा जापानी उद्दमी मिचाकी योदालाई एक समारोहका बीच मानर्थ सल्लाहकारमा नियुक्त गर्दै सम्मान गरेको छ। सांसद नबराज सिलावालले सस्थाको प्रमाणपत्र र खादा ओडाएर जापानी उद्दमी योदालाई सम्मान गरेका हुन ।

सोही अबसरमा आफ्नो मन्तव्य राख्नु हुँदै माननीय सिलवालले खेलकुदको माध्यमबाट आपसी भाईचारा बढने र मुलुकको लागी केही गर्न चाहना राख्ने युबालाई सरकारले साथ दिनु पर्ने धारण राखे । साे अबसरमा सम्मानित भएपछि जापानी उद्दमी योदाले आफुले खेलकुदलाई सक्दो सहयोग गर्ने र आगामी दिनमा नेपालमा बिकाशको कार्यक्रमहरुमा समेत अगाडि सारेको बताए ।

कार्यक्रममा रास्ट्रीय खेलकुद परिषदका सदस्य अर्जुन बहादुर केशी,इरिमा ईन्टरनेशनलका बेल्जियम प्रतिनिधि एब पुर्ब क्युकोशिन खेलाडी सुदर्शन सिम्खडा लगाएतले आफ्नो मन्तव्य राखेका थिए ।

Post Add 1025X115
Loading...