नेपाली टिम स्तरअनुसार प्रर्दशन गर्न सफल : कप्तान पौडेल

0

काठमाडौं, २० असार । एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा सिंगापुरलाई २१७ रनले पराजित गर्दै नेपाल समूह विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो । अब नेपालले सेमिफाइनलमा समूह बीको उपविजेतासँग खेल्ने छ ।

नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले टिमले एकदमै राम्रो खेलेको बताए । शुरुमा ब्याटिङ र पछि बलिङ दुवैमा नेपाली खेलाडीको प्रदर्शन राम्रो भयो ।

पवन र रीतले राम्रो ओपनिङ साझेदारी गरेकाले पनि पछि राम्रो रन बन्न सफल भयो । ४० ओभरपछि केहीबेर संघर्ष गर्नु परेको स्वीकार गर्दै कप्तान पौडेलले कुशल मल्लले राम्रो खेलेको बताए ।

 

Post Add 1025X115
Loading...