५० पुग्दा थाहा भएन, १०० पुग्दा ‘नर्भस’ भए : रीत गाैतम

0

नेपाली युवा टिम यू–१९ बाट शतक प्रहार भएको चार वर्ष भइसकेको थियो । राजु रिजालले ४ वर्षअघि शतक बनाएपछि अर्को नेपाली खेलाडीले शतक बनाउन सकेका थिएनन् ।

तर एसीसी यू–१९ इस्टर्न रिजनमा रीत गौतमले शतक प्रहार गरेपछि त्यो खडेरी तोडिएको छ । सिंगापुरविरुद्ध ११५ रनको नट आउट पारि खेलेका रीतले आफूले कप्तानले दिएको जिम्मेवारी अनुसार खेलेको बताए ।

कम्तिमा ४०–४५ ओभरसम्म टिक्न भनिएकोमा त्यसै अनुसार खेलेको बताए । अर्धशतक बनाउँदा आफूलाई केही थाहा नभएको बताएका उनले ९० रन पुगेपछि शतक बनाउँदा आफू केही ‘नर्भस’ भएको प्रतिक्रिया दिए ।

यू १९ क्रिकेटमा नेपालबाट चार वर्ष पछि शतक बनाउनु भएको छ कस्तो लागि रहेको छ ?
शतक बनाएपछि खुसी छु । क्याप्टेनले शुरुमै एउटा जिम्मेवारी दिनुभएको थियो । राम्रोसँग विकेट बचाएर आक्रामक रन बनाउने । मसँग ब्याटिङ गरेको पवनले पनि राम्रो व्याटिङ गर्यो । राम्रो शुरुआत भएपछि मैले यति रन बनाउन सके ।

पिचले सर्पोट गरेको हो ?
पूर्णरुपमा ब्याट्सम्यानलाई फेबर गर्ने पिच थियो । पुरै पचास ओभर यस्तो गर्मीमा खेल्न गाह्रो त भएको थियो । तर ९० मा पुगेपछि उत्साह फेरि बढ्यो ।
५० रन पुग्दा कस्तो लाग्यो ?
५० रन पुग्दा त्यति याद भएन । शतक पुग्नेबेला अलि नर्भस भए । कप्तानले स्ट्राइक रोटेट गर्न भनेकाले त्यसै अनुसार नै खेलेको थिए ।
भनेको एकातिरको इनमा विकेट जोगाउने ?
मलाई कम्तिमा ४० भन्दा माथि ओभरसम्म टिक्न भनिएको थियो । टिकेपछि रन पनि बनिहाल्छ भन्ने हो ।

पवन र खडकसँग राम्रो साझेदारी गर्नुभयो, कसरी तालमेल मिल्यो ?

पवनसँगत त पहिलादेखिनै खेलेको थिए । खडकसँग पहिलो पटक खेलेको । त्यही पनि तालमेल गर्न सजिलै भयो ।

 

Post Add 1025X115
Loading...