क्वीक्स कपको उपाधि फातिमा र गोर्खालाई

0

लक्ष्मण बस्नेत ,

दाङ, १९ असार । क्विक्स कप अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिता २०७६ को उपाधि छात्रातर्फ फातिमा स्कुल तुलसीपुर र छात्रतर्फ गोरखा माबि तुलसीपुरले हात पारेका छ्न् ।

अखिल नेपाल फुटबल संघ एन्फाको वार्षिक कार्यक्रम अनुसार दाङ जिल्ला फुटबल संघको आयोजनामा संचालित प्रतियोगिताको छात्र तर्फको फाइनल खेलमा नेपाल प्रहरी स्कुल गोराहिलाई ट्राईवेकरमा पाखा लगाउदै गोरखा माबी तुलसीपुरले उपाधी चुमेको हो ।

कडा प्रतिस्पर्धात्मक खेलको निर्धारित समय सम्म १–१ गोलको बराबरी भएपछि खेलको नतिजा ट्राइवेकरमा गएको थियो । नेपाल प्रहरीका करणसिंह यादबले खेलको ५ औ मिनेटमा पहिलो गोल गरे । गोरखा माबिका दिनेश चन्दले ४८ औ मिनेटमा बराबरी गोल फर्काएका थिए । त्यसपछि दुवै टिमबाट गोल नभएपछि खेलको नतिजा ट्राइब्रेकरबाट निकालिएको थियो ।

त्यस्तै छात्रा तर्फ नेपाल प्रहरी स्कुल घोराहीलाई शून्य का विरुद्ध १ गोल अन्तरले पराजित गर्दै फातिमा स्कुल तुलसीपुरले उपाधि हात पारेको हो । फातिमाकातर्फ बाट जर्सी न १६ का ममता पुनले पहिलो हाफ्मा गरेको गोल नै निर्णायक गोल सावित भयो । प्रतियोगितामा जिलामा स्थापित ५३ बिद्यालयको सहभागिता रहेको थियो ।

Post Add 1025X115
Loading...