प्रदेश १ मुख्यमन्त्री लिग फुटबलमा बेलबारीको जित

0

नेप्लेज, १९ असार । प्रदेश नम्बर १ को मुख्यमन्त्री लिग फुटबलमा बिहीबार मोरङको बेलबारी फुटबल क्लबले सोलुखुम्बु ११ लाई २–० गोलअन्तरले पराजित गरेको छ ।

दोस्रो चरण अन्तर्गत उदयपुरको थारुहट रंगशालामा भएको खेलमा बेलबारीका लागि सौरभ कार्की र सुशान लाममाले एक एक गोल गरे ।

खेलको नवौं मिनेटमै सौरभको गोलमार्फत बेलबारीले अग्रता लिएको थियो । दोस्रो हाफमा सुशानले अर्को गोल गरे । उनले ७९ औं मिनेटमा गोल गरेका हुन् ।

खेलभर उत्कृष्ट प्रदर्शन गरेका सौरभ म्यान अफ द म्याच चुनिए । उनले ५ हजार रुपैयाँ नगद पुरस्कार पाए ।

जितपछि बेलबारी २ खेलबाट ४ अंकका साथ समूह ए को दोस्रो स्थानमा उक्लिएको छ । समान चार अंक भए पनि बाकशीला एफसीसँग गोलअन्तरका आधारमा पछि परेको हो ।

Post Add 1025X115
Loading...