पुलिस र ब्रिगेड ब्वाईज ललित स्मृति यू–१८ फुटबलको क्वार्टर फाइनलमा

0

नेपाल पुलिस क्लब र ब्रिगेड ब्वइज क्लब ललित स्मृति अण्डर एटिन फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

आज भएको खेलमा नेपाल पुलिस क्लबले सरस्वती युवा क्लबलाई हरायो । अर्को खेलमा ब्रिगेड ब्वइजले जावलाखेल युथ क्लबलाई ३–० ले हरायो ।

यसअघि समूह सीको पहिलो खेलमा नेपाल पुलिस क्लबले जावलाखेल युथ क्लबलाई हराएको थियो ।

बिहीबार सरस्वतीलाई हराउनका लागि सञ्जु सेनले ह्याट्रिक गरे । खेलको १८ औ‌ं मिनेटमा सञ्जुले पहिलो गोल गर्दै क्लबलाइ १—० को अग्रता दिलाएका थिए । त्यसपश्चात उनले ४५ र ७४ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे ।

त्यस्तै रबिन राई र एन्सन राईले ७७ र ८१ औं मिनेटमा एक एक गोल गरे । सरस्वती क्लबका लागि ७८ औं मिनेटमा बिमल सिलवालले एक गोल फर्काए ।

ब्रिगेड ब्वइजले जावलाखेललाई हराउँदा रोशन रानामगरले दुई गोल गरे । उनले खेलको ५४औं र ७०औं मिनेटमा गोल गरेका थिए ।

त्यसअघि पहिलो हाफमा बिर्जेस चौधरीले ३४औं मिनेटमा पहिलो गोल गरेका थिए । यसअघि ब्रिगेड ब्वइजले सरस्वतीलाई हराएको थियो । दुई जित पश्चात समूह सीबाट पुलिस क्लब ब्रिगेड ब्वाइज पुगेका हुन् ।

Post Add 1025X115
Loading...