‘म माथि टिमको धेरै जिम्मेवारी छ, त्यहि अनुसार खेल्छु’ – पवन सराफ

0

एसीसी यू १९ इस्टर्न रिजन च्याम्पियनसिपको पहिलो खेलमा चीनलाई हराउँदा उत्कृष्ट पारी खेलेका पवन सराफले सिंगापुर विरुद्धपनि जित निकाल्ने पक्का रहेको बताएका छन । साथै उनले आफ्नो भूमीका टिममा निकै गहन रहेको र जिम्मेवार रुपमा ब्याटिङ गर्नुपर्ने रहेको बताएका छन ।

यो प्रतियोगितापछि पवन सिनियर टिमबाट खेल्नेछन । उनले यू १९ मात्र होइन सिनियर टिममा पनि आफुले पाएको मौकालाई सदुपयोग गर्ने र त्यहि अनुसारको तयारी गरिरहेको बताए । उनले सिनियर टिममा राम्रो गर्नका लागि अहिलेपनि झन मेहेनत गरिरहेको बताए ।

यू १९ टिमका ओपनर पवनले यूएई विरुद्धको खेलबाट सिनियर टिममा डेब्यु गरेका थिए । उनले सिनियर टिममा भने अझैपनि आफुलाई प्रमाणित गर्न बाँकि रहेको छ ।

टिममा जहिलेपनि आफु गम्भिर भएर खेल्नुपर्ने भएकाले त्यहि अनुसार नै प्रदर्शन गर्दै आएको उनको भनाई छ ।

हेरौ पवनको तयारी र भनाई

Post Add 1025X115
Loading...