१५ वर्षे सनसनी गउफ विम्बल्डनको तेस्रो चरणमा

0

छनोट चरण पार गरेर आएकी कोको गउफल विम्बल्डनको यात्रा जारी राखेकी छिन् । पहिलो खेलमा भेनस विलियम्सलाई हराएर सनसनी मच्चाएकी १५ वर्षे गउफले दोस्रो चरणमा स्लोभाकियाकी माग्दालेना रिबारिकोभालाई २–० कै सेटमा हराइन् ।

रिबारिकोभालाई हराउनका लागि गउफले जम्मा एक घण्टा नौ मिनेट खर्चिइन् । उनले ६–३ र ६–३ को सहज जित निकाल्दै रिबारिकोभा तेस्रो चरणमा पुग्न सफल भइन् ।

‘म आफैं यहाँ सम्म आइपुगेँ भन्ने विश्वास नै राखेको छैन,’ गउफले भनिन् ।
तेस्रो चरणमा अमेरिकी खेलाडी गउफले स्लोभेनियाकी पोलोना हेरकगको प्रतिष्पर्धा गर्नेछिन् ।

‘कोर्टमा उपस्थित सबैलाई हराउँछु भन्ने विश्वास लाग्न थालेको छ,’ गउफले भनिन् ।

यो जितसँगै उनी विम्बल्डनको अन्तिम ३२ मा स्थान बनाउने सबैभन्दा कान्छी खेलाडीको रेकर्ड बनाउन सफल भएकी छिन् ।

Post Add 1025X115
Loading...