लिगका लागि तयार हुँदै च्यासल मैदान -भिडियो रिपोर्ट

0

शहीद स्मारक ए डिभिजन लिग संचालन गर्नका लागि कुनै विकल्प नभएका कारण एन्फा कम्प्लेक्सको मैदान निकै ब्यस्त बन्यो । दशरथ रंगशाला पनि निर्माणका क्रममा भएकाले एन्फा कम्प्लेक्सको आर्टिफिसियल टर्फको विकल्प नेपाली फुटबलमा थिएन । आगामी संस्करणको लिग देखि भने दुई वटा मैदान तयार हुनेछ । एउटा मैदान दशरथ रंगशाला हुनेछ भने अर्को च्यासल मैदान हुनेछ ।

च्यासलस्थित एन्फा टेक्निकल सेन्टरको काम तीव्र गतिमा भइरहेको छ । यस मैदानलाई स्तरोन्नति गरेर अन्तर्राष्ट्रिय स्तरको रंशगाला बनाइँदै छ । यस च्यासल मैदानलाई १३ औं दक्षिण एसियाली खेलकुदसम्म तयार पार्ने गरी निर्माणको काम भएको जनाइएको छ । १३ औं साग खेलकुद मंसिर १५ देखि नेपालमै हुने मिति तय छ ।

करिब ४८ रोपनी जग्गामा फैलिएको च्यासल मैदानको पूर्व र दक्षिणतर्फ प्यारापिट बढाइएको छ । पश्चिमपट्टि नयाँ संरचना निर्माण गरिएको छ भने उत्तरतर्फ खाली नै रहनेछ ।

१ हजार २ सय दर्शक क्षमताको प्यारापिट बढाएर १० देखि १२ हजार क्षमताको बनाइने लक्ष्यका साथ निर्माण गरिरहेको निर्माण कम्पनी प्रतिष्ठा कन्स्ट्रक्सन प्रालिले जनाएको छ । ६५ प्रतिशत काम पूरा भइसकेको ठेकेदार कम्पनीको दाबी छ ।

 

तीनतर्फको प्यारापिटअन्तर्गत दुईतर्फ बनिसकेको र एकातर्फ बन्दैछ । प्यारापिटलगायत सबै ठाउँमा रंगरोगन डिजाइनको हिसाबले कोठा छुट्याउन, टिकट काउन्टर, पर्खा र विद्युतको काम बाँकी छ ।

३३ करोड ५० लाख रुपैयाँको लागतका निर्माण भइरहेको रंगशालामा अहिलेसम्म २० करोड रुपैयाँ खर्च भइसकेको छ ।
रंगशाला वरिपरिको संरचना बनाउने तथा नयाँ थप्ने काममात्र प्रतिष्ठा कन्स्ट्रक्सनको हो । खेल्न योग्य मैदान तयार पार्ने काम भने अखिल नेपाल फुटबल संघ ९एन्फा० आफैंले गर्नेछ । यो मैदान च्यासल बासीले गौरवको विषय महसुस गरेका छन् ।

एन्फाले ग्रासरुटको फुटबल विकासका लागि फिफाको सहयोगमा च्यासलमा आवासीय सुविधासहित टेक्निकल सेन्टर स्थापना गरेको हो । धरान र बुटबलमा पनि टेक्निकल सेन्टर स्थापना भएका थिए । फिफाको गोल प्रोजेक्टअन्तर्गत एन्फाले २०५९ सालमा च्यासल, बुटवल र धरानमा टेक्निकल सेन्टर निर्माण सुरु गरेको थियो । तीनै ठाउँमा एन्फासँगै सम्बन्धित नगरको २० प्रतिशत सहयोग पनि रहेको छ ।

उक्त टेक्निकल सेन्टरको तत्कालीन एसियाली फुटबल महासंघ ९एएफसी० का अध्यक्ष मोहम्मद बिन हमामले २०६३ सालमा उद्घाटन गरेका थिए । त्यसपछि उक्त मैदानमा बी डिभिजन र सी डिभिजन लगायतका प्रतियोगिता भएको छ ।

Post Add 1025X115
Loading...