एसीसी यू–१९ इस्टर्न रिजनमा नेपाल र चीन विचकाे खेल (फाेटाे फिचर)

0

एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटमा नेपालले चीनलाई १० विकेटले पराजित गरेको छ । टस हारेर पहिला ब्याटिङ गरेको चीनले २३.१ ओभरमा सबै विकेट गुमाएर ५३ रन बनाएको थियो ।चीनलाई सस्तैमा समेट्न नेपालका सागर ढकालले ६ विकेट लिए ।

५४ रनको सामान्य लक्ष्य नेपालले ५ ओभरमा कुनै पनि विकेट नगुमाई पुरा गरेको थियो । नेपालको जितमा पवन शर्राफ र रित गौतमले नट आउट पारि खेले । पवनले पाँचौ ओभरमा २ छक्का र २ चौकाको मद्दतले २१ रन जोडेपछि नेपाल सहजै विजयी भयो । समग्रमा पवन ४६रनमा नट आउट रहँदा रित गौतम १० रनमा नट आउट रहे ।

फाेटाे फिचर

Post Add 1025X115
Loading...