एथ्लेटिक्सका अजितकुमार बर्षको युवा खेलाडी, प्याराग्लाईडिङलाई ‘टिम अफ दी इयर’

0

काठमाडौं, १७ असार । एथ्लेटिक्सका अजितकुमार यादवले एनएसजेएफ युवा खेलाडीको अवार्ड हात पारेका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गरेको एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्डमा अजित उत्कृष्ट युवा वर्ष खेलाडी घोषित भएका हुन् ।
उनले क्रिकेटका ललितनारायण राजबंशी, करातेका विजय श्रेष्ठ, फुटबलकी मन्जली कुमारी योञ्जन र ब्याडमिन्टनका प्रिन्स दाहाललाई पछि पार्दैय युवा वर्ष खेलाडी घोषित भएका हुन् ।
अजितले अवार्डसंगै ५० हजार रुपैयाँसहित केल्मी नेपाल, गोल्डस्टा र टामेक्सका विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरे ।

–राष्ट्रिपति रनिङ शिल्डमा ३००० मिटर र १५०० मिटर दौडमा स्वर्ण

–तेस्रो एसिएन युथ एथलेटिक्स च्याम्पियनसिप हङकङ ३००० मिटरमा (८.३०.३२) को किर्तिमानी स्वर्ण

–२३औं एसिएन एथलेटिक्स च्याम्पियनसिप कतार राष्ट्रि«य किर्तिमानमा सुधार

–काठमाडौं म्याराथन ५ किमी खुला रोड रेसमा स्वर्ण

–बन्दीपुर रोड रेस ८ किमीमा स्वर्ण

–मदनभण्डारी रोडे रेस ५ किमिमा स्वर्ण ।

यस्तै,
एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा प्याराग्लाईडिङको पुरुष टिमले ‘एनएसजेएफ टिम अफ दी इयर’को अवार्ड जितेको छ । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार स्पोर्ट्स अवार्डमा प्याराग्लाइडिङको पुरुष टोली टिमलाई टिम अफ दि इयर अवार्ड प्रदान गरेको हो ।
प्याराग्लाइडिङको पुरुष टोलीले इण्डोनेसियामा गतवर्ष सम्पन्न १८ औं एसियाली खेलकुदमा नेपाललाई रजत पदक दिलाएका थिए । नेपालले पुरुष टिम क्रस कन्ट्री स्पर्धामा ११ हजार ३ सय ६४ अंक ल्याएर रजत जितेको थियो ।
नेपाली टोलीमा विजय गौतम, सुशिल गुरुङ, युकेश गुरुङ र विशाल थापा रहेका छन् ।

Post Add 1025X115
Loading...