विम्बल्डनको पहिलो चरणमा भेनस विलियन्स १५ वर्षे खेलाडीसँग स्तब्ध

0

वर्षको तेस्रो ग्राण्डस्लाम विम्बल्डनमा छनोट चरण पार गरेर आएकी अमेरिकी खेलाडी कोरी गउफले पाँच पटककी च्याम्पियन भेनस विलियम्सलाई पहिलो चरणमा स्तब्ध बनाएकी छिन् । आफूभन्दा २४ वर्ष कान्छी खेलाडीसँग भेनस २–० कै सेटमा पराजित भइन् । ३९ वर्षे भेनसलाई गउफले ६–४ र ६–४ को सेटमा हराइन् ।

जित हात पारेपछि गउफले भनिन्, ‘खेल जितेपछि म पहिलो पटक रुन पुगेँ ।’ यसअघि गउफले विलियम्स दिदी बहिनी आफ्नो प्रेरणाको श्रोत भएको बताएकी थिइन् । ‘यस्तो नतिजा आउँछ भन्ने मैले सोचेकै थिइन ।’

दोस्रो वरियताकी जापानी खेलाडी नाओमी ओशाका पनि पहिलो चरणमै स्तब्ध भइन् । उनी काजकिस्तानकी युलिया पुटिन्सेभासँग २–० कै सेटमा हार्न पुगिन् । वरियता क्रमको शीर्ष दुई परेर पनि पहिलो चरणमै पराजित हुने ओशाका दोस्रो खेलाडी हुन् । यसअघि सन् २००१ मा मार्टिन हिंगिस पहिलो चरणमै पराजित भइकी थिइन् । ओशाका पुटिन्तेभासँग ७–६ र ६–२ ले पराजित भएकी थिइन् ।

Post Add 1025X115
Loading...