फुटबल मैदानकाे महायुद्ध, उपाधिकाे प्यास, बदलाकाे जाेस, सबैकाे ताराे मेस्सी नै !

0

दक्षिण अमेरीकी फुटबल प्रतियोगता कोपा अमेरीकाको सेमिफाइनलमा विश्व फुटबलका दुई महारथी ब्राजिल र अर्जेन्टिना विच भिडन्त हुने भएको छ । क्वाटरफाइनलमा ब्राजिल र अर्जेन्टिनाले जित निकालेपछि यी दुई पावरहाउस टिम सेमिफाइनलमा उत्रने पक्का भएको हो । यसको अर्थ यसपटकको कोपा अमेरीकाको फाइनलमा दुई मध्ये एक टिम नपुग्ने पक्का भएको छ । १२ बर्षपछि कोपा अमेरीकामा एक अर्का विरुद्ध खेल्न लागेका यी दुई टिममा कसले बाजी मार्ला भन्ने दुबै टिमका समर्थकमाझ कौतुहल बढिसकेको छ ।

ब्राजिलको घरेलु मैदानमा अर्जेन्टिनाले जुन किसिमले प्रतियोगिताको सुरुवात गरेको थियो, त्यो हेर्दा ब्राजिल हावी हुने देखिन्छ । प्रतियोगितामा ब्राजिलले समुह चरणमा अपराजित रहदै नकआउट चरणमा पुगेको थियो । त्यसपछि क्वाटरफाइनलमा पेनाल्टीबाट जित निकालेको ब्राजिल विरुद्ध कुन रणनितीका साथ उत्रने हो त्यो भने हेर्न बाँकि छ ।

अर्जेन्टिना समुह चरणमा निकै धुकधुक हुँदै नकआउट चरणमा पुगेको थियो । उसले कोलम्बियासँग पराजित हुँदा पाराग्वेसँग एक एकको बराबरी खेलेको थियो । तर समुहको अन्तिम खेलमा कतारलाई दुई शुन्यले हराएपछि उसका क्वाटरफाइनलको यात्रा पक्का भएको थियो । क्वाटरफाइनलमा भने उसले भेनेजुयलालाई दुई शुन्यले हराएको थियो ।

अब अर्जेन्टिना र ब्राजिलको भिडन्तका लागि विश्वका सबै फुटबल प्रेमीको एक दशकको कुराई रहेको छ । २००७ को कोपा अमेरीकाकै फाइनलमा यी दुई टिम खेलेपछि त्यसपछि यो प्रतियोगितामा अरु बेला आमनेसामने भएका थिएनन् । तर अरु प्रतियोगिताहरुमा भने दुई टिम १३ पटक खेलेका थिए । जसमा ठुलो प्रतियोगिता भनेको फिफा विश्वकपमा चार पटक खेलेका थिए । जसमा ब्राजिल नै हावी भएको थियो ।

अमेरीकी सञ्चार माध्यम सीएनएनले ब्राजिल र अर्जेन्टिनाको खेललाई विश्व फुटबलमा दोस्रो ठुलो महाभिडन्तका रुपमा लिएको छ । विश्व फुटबलमा इंग्ल्याण्ड र स्कटल्याण्ड विचको भिडन्तलाई शिर्ष स्थानमा राखेको छ ।

१९१४ बाट सुरु भएको यी दुई टिमको दुस्मनी एक सय भन्दा बढि खेलमा पुग्दापनि उस्तै रहेको छ । ब्राजिल र अर्जेन्टिना खेल्ने भनेपछि विश्व फुटबलका समर्थकहरु आफ्नो निन्द्रालाई गुमाएर भएपनि हेर्ने गर्छन । यस्तै अवस्था फेरी आएको छ ।

ब्राजिल र अर्जेन्टिनाको फुटबल राइभ्लरी सुरु भएको एक सय ५ बर्ष भएको छ । जसमा यी दुई टिमले अहिलेसम्म एक सय नौ खेल खेलका छन । विश्व फुटबलमा स्टार खेलाडी जन्माउने दुबै देश अहिलेसम्म खेल्दा हेड टु हेडमा अर्जेन्टिना अगाडी रहेको छ । उसले कुल ४५ खेल जितेको छ । भने ब्राजिलले ३९ खेलमा विजयी भएको छ । २५ खेल बराबरी भएका छन ।

अहिलेसम्म अर्जेन्टिनाले ब्राजिलमाथि ठुलो मार्जिनको जित निकालेको ६–१ को रहेको छ । जुन १९४० मा कोपा जुलिया रोकामा हात पारेको थियो । यस्तै उसले ब्राजिल विरुद्ध हात पारेको ठुलो हार भनेको ५–१ को रहेको छ । जुन १९६० जुलाई १२ मा भएको कोपा डेल एट्लाटिकोमा हात पारेको थियो ।

अन्तिम पटक विश्वकपमा यी दुई टिम दुई पटक खेलका थिए, जसमा एक खेलमा ब्राजिल तीन शुन्यले विजयी भएको थियो भने एक खेल एक एक गोलको बराबरीमा सकिएको थियो । त्यसपछि २०१८ अक्टोबर १६ मा अन्तिम पटक सुपरक्लासिको डे लास अमेरीकामा खेल्दा ब्राजिल एक शुन्यले विजयी भएको थियो ।

सन् २००७ को फाइनलमा तीन शुन्यले हारेको अर्जेन्टिना लगातार तेस्रो पटक फाइनलमा पुग्ने मौका रहेको छ भने दुई दशक भन्दा बढि समयको उपाधिको खडेरी तोड्ने मौका पनि रहेको छ ।

पछिल्ला पाँच वटा संस्करणमा चार पटक फाइनलमा पुगेको अर्जेन्टिना जहिलेपनि फाइनलमा पराजित भएको थियो, यता यो विचमा दुई पटक फाइनलमा पुग्यो र दुबै पटक विजेता बन्यो । दुबै पटक उसले फाइनलमा अर्जेन्टिनालाई हराएको थियो ।

चार पटक नै फाइनलमा पराजित हुँदा लियोनल मेसी जहिले आलोचक बनेका थिए । अब यसपटक के उनले आफ्ना आलोचकको मुख बन्द गर्लान वा फेरी पनि आलोचना नै सुन्नुपर्ने हो त्यो आउदो बुधबार विहान थाहा हुनेछ । बुधबार विहान सवा ६ बजे हुने यो खेल दक्षिण एशियाली समर्थक भने हेर्न पाउने छैनन् । किनकी दक्षिण एशियामा कोपा अमेरीकाको टेलिभिजन राइट्स कसैलेपनि किनेका छैनन् ।

Post Add 1025X115
Loading...