लनटेनिस टोली थाइल्यान्ड जाँदै

0

ज्वाइन टेनिस क्याम्पमा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली लनटेनिस टोली शनिबार थाइल्यान्डको नन्थाबुरी प्रस्थान गर्ने भएको छ ।

जुलाई १ देखि ७ तारिखसम्म सञ्चालन हुने क्याम्पमा आयुश गुरुङ, विकास पाण्डे, प्रीति गौतम, साहिल थापा, सलिना गौचन र रोहित रानाभाट सहभागी हुन नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् । टोलीलाई नेपाल टेनिस संघका अध्यक्ष ज्योति राणाले शुक्रबार सातदोबाटोमा एक कार्यक्रमबीच बिदाइ गरिन् ।

Post Add 1025X115
Loading...