बास्केटबल : मोर्गनलाई दोहोरो सफलता

0

आयोजक मोर्गन इन्टरनेसनल कलेजले मोर्गन कप यु–१८ बास्केटबल प्रतियोगिताको पहिलो दिन शुक्रबार दोहोरो सफलता हात पारको छ ।

बसुन्धारास्थित घरेलु कोर्टमा ब्वाइजतर्फ मोर्गनले इन्फ्यान्टलाई ४६–३७ ले पराजित ग¥यो । मोर्गनको जितमा सुमन कार्कीले १४ अंक योगदान दिए । गल्र्समा प्रजिता कार्कीको १५ अंक सहयोगमा मोर्गनले बर्न हार्टलाई ४६–२५ ले हरायो ।

ब्वाइजको अर्को खेलमा हेराल्डले बर्न हार्टमाथि ३८–२७ को जित निकाल्यो । हेराल्डका प्रशान्त गुरुङले १० अंक जोडे । प्रतियोगिताको नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा र मोर्गनका संस्थापक प्रिन्सिपल डा. दीपेन्द्र भण्डारीले निर्णायकलाई बल हस्तान्तरण गरी संयुक्त उद्घाटन गरे । असार २२ गतेसम्म चल्ने प्रतियोगिताको ब्वाइजमा १२ तथा गल्र्समा ६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।

Post Add 1025X115
Loading...