करातेलाई केल्मीको साथ

0

काठमाडौं । यसअघि फुटबलसँग जोडिएको केल्मी ब्राण्ड कराँतेसँग पनि जोडिएको छ ।

केल्मीको नेपालका लागि आधिकारिक बिक्रेता कमारु ट्रेडसले आसन्न १३ औं दक्षिण एशियाली खेलकुद सागको बन्द प्रक्षिणमा रहेको कराते खेलाडीहरुलाई खेलकुद सामाग्री प्रदान गरेको छ ।

केल्मी नेपालका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले राजधानीमा आयोजित कार्यक्रममा खेलसामाग्री हस्तान्तरण गरेका हुन् । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माको उपस्थितिमा भएको कार्यक्रममा केल्मीले सागका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरि दुई लाख बराबरको खेलसामाग्री हस्तान्तरण गरिएको थियो ।

केल्मी र करातेबीच भएको सम्झौता अनुसार सागमा सहभागी हुने खेलाडीलाई २० प्रतिशत छुट र स्वण जितेमा उनै खेलाडीहरुलाई ३० प्रतिशत केल्मी ब्राण्डका सामानमा छुट दिने पनि जनाइएको छ ।

Post Add 1025X115
Loading...