२०१७ काे यू-१९ इस्टर्न रिजनकाे उपाधि जित्दाका मुख्य खेलाडी जाे अहिले टिममा छैनन् !

0

एशीयन क्रिकेट काउन्सिलको आयोजनामा मलेसियामा हुन लागेको एसीसी यू–१९ इस्र्टन रिजन च्याम्पियनसिपका लागि नेपाली टिमले तयारी पुरा गरेको छ । यो प्रतियोगिताको साविक विजेता रहेको नेपाली टिमले यसपटक पनि उपाधि जित्ने लक्ष्य राखेको छ ।

जसका लागि टिमले यसपटक युवा खेलाडीलाई मौका दिएको छ । २०१७ मा भएको यो प्रतियोगिता को उपाधि जित्दा नेपाली टिमका मुख्य खेलाडी जो यो प्रतियोगितामा मिस हुनेछन । सो बेलाको टिम र यसपटकको टिममा ठुलो हेरफेर देखिएको छ ।

सो बेला टिममा भएका अधिकांश खेलाडी यसपटक छैनन् । सो बेला नेपाललाई च्याम्पियन बनाउदाका मुख्य ५ खेलाडी जो यसपटक टिममा छैनन् र सिनियर स्तरमा पुगिसकेका छन ।

मलेसियामा नै भएको सो प्रतियोगितामा नेपाललाई च्याम्पियन बनाउन मुख्य भुमिका खेलेका खेलाडी यस्ता छन ।

सन्दिप सुनार

ओपनर सन्दिप सुनारले मलेसिया भुमीमा सन्दिपको ब्याटिङ प्राय सबै खेलमा चल्यो । उनले प्रतियोगिताको पहिलो खेलमा थाइल्याण्ड विरुद्ध ३२ रन बनाउदै टिमलाई राम्रो सुरुवात दिलाएका थिए । त्यसपछि दोस्रो खेलमा उनले भुटान विरुद्ध २१ रन बनाउँदा मलेसिया विरुद्ध अर्धशतकीय पारी खेले । उनले सो खेलमा ५१ रन बनाए । यस्तै हङकङ विरुद्ध पनि उनले १९ रनको योगदान गरेका थिए । यस्तै सिंगापुर विरुद्ध पनि उनले २० रनको योगदान गरेका थिए । पुरै प्रतियोगितामा उनले एक सय ४३ रन बनाएका थिए । यस्तै बलिङमा पनि उनले उत्कृष्ट योगदान गरेका थिए ।

दिपेन्द्रसिंह ऐरी
नेपाली टिमको कप्तानी गरेको दिपेन्द्र ऐरी यतिबेला राष्ट्रिय टिमका महत्वपुर्ण सदस्य बनिसकेका छन । ऐरीले सो बेला ब्याटिङ र बलिङ दुबैमा महत्वपुर्ण योगदान गरेका थिए । उनले ब्याटिङमा नचलेका बेला बलिङमा आफ्नो योगदान गरेका थिए । जसमा उनले भुटान विरुद्ध चार विकेट लिएका थिए भने मलेसिया विरुद्ध ५ विकेट हात पारेका थिए । यस्तै हङकङ थाइल्याण्ड मलेसिया तथा सिंगापुर विरुद्ध एक विकेट लिए । पुरै प्रतियोगितामा उनले १३ विकेट हात पारे ।

ब्याटिङमा पनि उनको योगदान निकै महत्वपुर्ण रह्यो । पुरै प्रतियोगितामा तीन खेलमा उनले ब्याटिङ गर्ने मौका पाएनन् । उनले हङकङ विरुद्ध २२ रन बनाएका थिए ।

आसिफ शेख

यू–१९ का पूर्व कप्तान समेत रहिसकेको विकेटकिपर ब्याट्सम्यान आसिफ शेखले यो प्रतियोगितामा ब्याटिङमा टिमका लागि राम्रो योगदान गरेका थिए । उनले भुटान विरुद्ध २३, मलेसिया विरुद्ध ५० रन। थाइल्याण्ड विरुद्ध २१ तथा सिंगापुर विरुद्ध ६ रन बनाएका थिए । तर उनी यसपटक टिममा पर्न सकेनन् । उनकाे स्थानमा यू-१६ टिमका खेलाडीलाइ माैका दिइएकाे छ।

सन्दिप लामिछाने

हाल विदेशी फ्रेन्चाइजी लिगका कारण चर्चाको शिखरमा पुगेका सन्दिप राष्ट्रिय टिमका पनि मुख्य लेग स्पिनर हुन । हालै क्यारेवियन प्रिमियर लिग र ग्लोबल टी–२० लिगमा छनोट भएका उनले २०१७ को यो प्रतियोगितामा बलिङमा आफ्नो जादु देखाएका थिए । उनले पुरै प्रतियोगितामा १६ विकेट लिन सफल भए । जसमा उनले भुटान विरुद्ध पाँच, थाइल्याण्ड विरुद्ध सात, मलेसिया विरुद्ध एक, हङकङ विरुद्ध तीन विकेट लिएका थिए ।

पवन सराफ, अनिल शाह

नेपाली सिनियर टिममा पनि डेब्यु गरिसकेका यी दुई खेलाडीले पनि यू–१९ इस्र्टन रिजनमा नेपाललाई जित दिलाउन कुनै न कुनै खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । जसमा पवनले ८ विकेट लिएका थिए ।

जसमा मलेसिया विरुद्ध दुई तथा सिंगापुर विरुद्ध ६ विकेट हात पारेका थिए । यता ब्याटिङमा अनिल एक खेलमा सतक नजिक पुगेर चुकेका थिए । जसमा उनले थाइल्याण्ड विरुद्ध ९१ रन बनाएका थिए । भने सिंगापुर विरुद्ध १८ रन बनाएका थिए ।

Post Add 1025X115
Loading...