यात्रा…ट्राफिक प्रहरीदेखि राष्ट्रिय खेलाडीसम्म (भिडियाे अन्तर्वार्ता)

0

नेपालमा फुटबल र क्रिकेटका खेलाडी जति धेरै चर्चित छन् अन्य खेलका खेलाडी त्यस्तै चर्चा कमाउन अलि समय लाग्छ । भलिबल नेपालको राष्ट्रिय खेल हो तर अन्तर्राष्ट्रिय स्तरमै खेल्ने यस खेलका खेलाडीहरु पनि उति चर्चित भने छैनन् । केही समयपछि नै नेपाल भलिबल संघले इतिहासमै पहिलो पटक एभिसी मेन्स सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप नेपालमा आयोजना गर्दैछ र अहिले त्यसैका लागि खेलाडीहरु बन्द प्रशिक्षणमा छन् ।

त्यसै मध्येका एक हुन् युवा खेलाडी विशाल विक । उमेरले २२ वर्ष टेकेका नेपाल पुलिसबाट घरेलु प्रतियोगिता खेल्ने उनको पोजिशन भने ओपन स्पाइकर हो । नेपाली भलिबलमा ‘विशाल सम्भावन’ को रुपमा विशालको उदय भएको छ । बझाङदेखि नया बसपार्क हुँदै पुलिस क्लबसम्मको यात्रा तय गरेका विशालले राष्ट्रिय टिममा समेत चाँडै इन्ट्री मारे । यो सबै यति चाँडै हुनमा विशालको मेहनत त छ नै राष्ट्रिय टिमका कप्तान इम राना र गुरु सरोज श्रेष्ठको हात पनि रहेको उनी बताउँछन् ।

‘पहिला इम राना दाईले क्लबसम्म बाटो देखाउनु भयो । सरोज श्रेष्ठ गुरुले ट्रेनिङ गराएर एउटा खेलाडी बनाउनुभयो । त्यसैको नतिजा अहिले म राष्ट्रिय भलिबल खेलाडीको रुपमा छु ।’ विशालले भने । विशाल स्कुलमै हुँदादेखि भलिबल खेल्थे तर उनको असली भलिबल यात्रा भने काठमाडौंको नयाँ बसपार्कबाटै सुरु भयो ।

बझाङबाट उच्च शिक्षाको लागि राजधानी आएका विशालको मन भने भलिबलतिरै थियो । गाउँमा पढ्दै गर्दा भलिबल खेलमा बसेको माया मोहले उनलाई छाडेन । काठमाडौंमा हुने जुनसुकै भलिबल खेल खेल्न नभई उनी हेर्न जान्थे । नयाँ बासपार्कमा महिला भलिबल हुँदै गर्दा पुगेका विशालले सुरुमा मनविर छन्त्याललाई भेटे । मनविर तिनै व्यक्ति हुन् जसले महिला भलिबलमा सर्वाधिक पुरस्कारको प्रतियोगिता गर्छन् ।

मनविरमार्फत नै विशालको भेट इम रानासंग भयो । पुलिससम्म आउने वातावरण मनविर सर र इम दाईले मिलाइदिनुभयो । विशाल सम्झन्छन् । पुलिससम्म पुग्नु नै विशालको लागि राष्ट्रिय टिमसम्म पुग्ने माध्यम बन्यो । जसले विशालको भलिबल खेल्ने विशाल मनलाई पूरा गरिदियो । पुलिसमा भर्ना भएपछि विशालले त्यहाँको अनिवर्य तालिम पनि लिए । तालिम लिएपछि दरवन्दी प¥यो ट्राफिक प्रहरीमा ।

‘पुलिसमा भर्ती भइयो । भर्ती भएपछि तालिममा गइयो तालिमपछि ट्राफिकको काम गरियो । म तालिमै हुँदा प्रशिक्षक सरोज श्रेष्ठ भलिबल खेलाडीको नाम टिप्न आउनु भएको थियो ।’ प्रशिक्षक सरोजले नै विशालको भलिबल मोहलाई मर्न दिएनन् र प्रतिभा चिनेर निरन्तर ट्रेनिङ गराए । विशाल आफैँले पनि ट्रेनिङ छाडेनन् । यतिसम्म ट्राफिकमा काम गर्दा पनि ट्रेनिङ गर्थे । ट्राफिकको डिउटीमा रहँदा पनि भलिबलको विहानको ट्रेनिङलाई निरन्तरता दिए ।

‘सरोज सरले बिहानको ट्रेनिङ हेर्नहुन्थ्यो । स्टेफ बाई स्टेप पार गर्दैँ गएँ ।’ विशालले भने । विशालले बग्गीखानमा ६–७ महिना ट्राफिकको काम गरे । त्यसपछि विशाल क्लबमा खेल्न थालेँ । उनले पुलिसलाई निराश बनाएनन् । खेलेका सबै प्रतियोगितामा राम्रो खेले । जसले गर्दा उनलाई भलिबल संघले प्रदान गरेको वर्षको उदयीमान खेलाडीको अवार्ड २०७४ पनि दिलायो ।

पुलिसबाट राम्रो खेलेपछि विशाल पहिलो पटक एभिसी सेन्ट्रल जोनको लागि राष्ट्रिय टिमको क्लोज क्याम्पमा परे । तर अन्तिम टिममा पर्न सकेनन् । सुरुकै क्लोज क्याम्प थियो । क्लोज क्याम्पमा पर्ने बितित्कै सबै पर्छ भन्ने छैन । जो राम्रो खेल्छ उही पर्ने हो । त्यतिबेला कुनै चिजमा म कमजोर थिएँ होला । त्यस्तो दुःख लागेन ।

झन् अर्को पटक कति राष्ट्रिय टिममा पर्न सकिन्छ भनेर झन् मेहनत गरे । म त्यहाँ मैले एकदमै निर्नत ट्रेनिङमा जोड दिए । गत वर्ष इन्डोनेसियामा भएको एसियाडको लागि पनि २५ जनाको क्याम्पमा परे । यस पटक अन्तिम १२ जनाको टिममा परेँ र राष्ट्रिय टिममा छानिएँ । विशाल त्यो बेलाको खुशीको अनुभव सुनाए ।

‘पहिलो प्रतियोगिता नै एसियाडमा खेल्न पाए । कोरियासंग पहिलो एक सेट खेल्न पाए । राम्रो अनुभव भयो । सुरुमै टिममा पर्दा खेरी मैले धेरै त खेल्न पाएन । जे होस् अब आउने गेमहरुमा चाँही राम्रो प्रदर्शन गर्छु भन्ने विश्वास छ ।’ एसियाडमा मंगोलियालाई जित्दा एकदमै खुशी लाग्यो । मैले नखेलेनी । अहिले नेपालले पाँचौ संस्करणको एभसी सेन्ट्रल जोनको लागि तयारी गरिरहेको छ । विदेशी प्रशिक्षक पनि आएका छन् ।

सेन्ट्रल जोन पहिलो पटक नेपालमा हादैछ र यसमा पदक जित्ने नेपालको लक्ष्य छ । विशालसंगै सबै खेलाडी र प्रशिक्षक उत्साहित छन् । विदेशी कोच आउँदा ठूलो देशमा ठूलो गेम खेलाइसकेको हुन्छ । उनीहरुसंग टेक्निकल्ली र फिजिकल्ली स्किल सिक्न पाउँछ । कुनै खेलाडीको के पक्ष कमजोर छ त्यसमा सुधार गर्न सहयोग गर्छन् ।

अहिले ट्रेनिङ गराइराख्नुभएको विशेदी कोच एकदमै राम्रो हुनुहुन्छ । विशाल आफ्नो रिसिभ पक्ष कमजोर रहेको र त्यसमा सुधार गर्नुपर्ने बताउँछन् । यस्तै आफ्नो जोनमा खेल्ने कुल बहादुर थापा र धन बहादुर भट्टको खेल मन पराउने विशाल आफू पनि उनीहरुजस्तै खेल्न मन पराउँछन् । विशाल सिनियर खेलाडीहरुको जस्तै प्रदर्शन गर्नका लागि एकदमै लागिपरेका छन् । हेरौं उनको भनाई ।।

 

 

Post Add 1025X115
Loading...