मनाङ भर्सेस चेन्नाइन एफसी : सुरुआती ११ सार्वजनिक

0

काठमाडौं, ११ असार । एएफसी कप २०१९ अन्तर्गत समूह ई को अन्तिम खेलमा नेपालको लिग च्याम्पियन क्लब मनाङ मस्र्याङ्दीले भारतको चेन्नायीन एफसीसँग खेल्दै छ ।

एन्फा मैदानमा ललितपुरमा शुरुहुने खेलमा मनाङले पहिलो रोजाईका खेलाडीको नामावली सार्वजनिक गरेको छ । विराज महर्जनकोे कप्तानीमा खेल्ने टिममा गोल किपरमा विशाल श्रेष्ठ रहेका छन् । विराज सहित देवेन्द्र तामाङ, कमल श्रेष्ठ, साहिद अजिज डिफेन्डरको रुपमा रहेका छन् ।

मिल्डफिल्डमा विशाल राई, अभिषेक रिजाल, हेमन गुरुङ र सुजल श्रेष्ठ रहेका छन् ।  फरवार्डमा सोमिडे एडेलजा र अफिज वलावले ओलाडिपो रहेका छन् ।

चेन्नायीन एफ सीमा करणजीत सिंह, सिंङखाङ गेमबाम, एलिसविह फिलो, अनिरुध थापा, जेरी लालरिनजुलहा, मोहम्मद रफि, आईज्याक भानमल साओमा, मेल्सन भेरियटो (कप्तान), क्रिष्टोफर हर्ड, फ्रान्सिस्को फर्नान्डेज रेम सोचुङ अइमोल पहिलो रोजाईमा परेका छन् ।

प्रतियोगिताबाट बाहिरिसकेको मनाङले अन्तिम खेलमा सुखद् नतिजा निकाल्ने दावी गरेको छ । यसैगरी चेन्नायीनलाई भने अर्को चरण पुग्न आजको खेल जित्नै पर्ने दवाव छ ।

Post Add 1025X115
Loading...