खेल्दा ब्याट जलाइदिएपछिकाे बिशालकाे क्रिकेट यात्रा (भिडियाेसहित)

0

नेपालले अबको एक सातामा मलेसियामा एसीसी यू–१९ इस्र्टन रिजन च्याम्पियनसिप खेल्दैछ । उपाधि रक्षा गर्ने तथा श्रीलंकामा हुने यू–१९ एशिया कपमा स्थान बनाउनका लागि नेपाली टिमले कडा प्रशिक्षण गरिरहेको छ । जसका लागि नेपाली टिमले १४ खेलाडीको नामावली पनि सार्वजनिक गरिसकेको छ ।

प्रशिक्षक विनोद दासले टिममा अनुभवी खेलाडीलाई भन्दापनि राम्रो संभावना भएका र एक्पोजरको खाँचो रहेका चार जना नयाँ अनुहारलाई टिममा स्थान दिएका छन । तीनै चार खेलाडीमा पहिलो पटक टिममा स्थान बनाएका खेलाडी हुन विशाल विक्रम केसी ।

युवा खेलाडीको सूचीमा राम्रो संभावना र क्षमता भएका खेलाडी विशालले आफ्नो योग्यतालाई एसीसी यू–१६ क्रिकेटमा पनि देखाइसकेका छन । सो बेला टिमको कप्तानी गरेका विशाल उदाउदा युवा खेलाडीका रुपमा देखिएका छन । त्यसैले पनि प्रशिक्षक विनोदले उनीमाथि विश्वास गरेका छन ।

विशालको क्रिकेट यात्रा

नयाँ दिल्लीमा बढाई र क्रिकेट सिक्न थालेको तीन बर्षमा उनले नेपालका लागि यू–१६ उमेर समुहको दुई वटा प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरे । २०१७ मा भएको यू–१६ क्रिकेटमा उनी टिमको उपकप्तान थिए भने त्यसको दुई बर्षपछि उनी टिमको कप्तान नै बने ।

दुबै प्रतियोगितामा विशालले ब्यक्तिगत रुपमा राम्रो प्रदर्शन गर्न सफल भए । बर्दिया घर भएका विशालको क्रिकेटमा लगाव स्कुले जीवनबाट नै थियो । विस्तारै पढाई भन्दापनि क्रिकेटमा बढि लगाव देखेपछि उनको परिवार त्यसमा खुसी थिएन । आमा बुबा नै बढाईलाई बढि जोड देउ भन्दा विशाल भने खाली समय भयो की क्रिकेटको ब्याट समातेर खेल्न दौडी हाल्थे । छोराका पढाई क्रिकेटले विगार्छ भनेर एकदिन उनका बुबाले उनले खेल्ने क्रिकेट ब्याट नै जलाई दिएका थिए ।

तर पनि उनले क्रिकेटलाई त्याग्न सकेनन् । बर्दियामा नै भएको स्कुले क्रिकेट प्रतियोगितामा उनले उत्कृष्ट प्रदर्शन गरेको भन्ने पत्रिकामा समाचार छापीएपछि उनको परिवार झसंग भयो । त्यसपछि उनका बुवाआमाले पनि क्रिकेट खेल्न त्यति रोक टोक गरेनन्, तर पढाईलाई ध्यान दे भन्ने भने छोडेनन् ।

त्यो स्कुले क्रिकेट प्रतियोगितापछि विशालको क्रिकेटमा टर्निङ पोइन्ट बन्यो । उनका बुवाले विशाललाई क्रिकेटमा साथ दिने बाचा दिए । क्रिकेट सिक्नकै लागि विशाललाई उनकै बुबाले दिल्लीमा राम्रो एकेडेमी खोजेर उतै पढाउन भारत पठाए । त्यसपछि सुरु भयो उनको क्रिकेटको यात्रा ।

विशालले २०१७ मा थाइल्याण्डमा भएको एसीसी यू–१६ क्रिकेट प्रतियोगितामा पहिलो पटक नेपालबाट खेल्ने मौका पाए । क्षेत्रीय र केन्द्रिय छनोट पार गरेर टिममा परेका उनलाई उपकप्तानको जिम्मेवारी पनि दिइयो ।

सो प्रतियोगिताबाट नेपालले एशिया कपमा स्थान बनाउन सफल भयो । त्यसपछि यू–१९ एशिया कपमा भने विशालले टिममा स्थान बनाउन सकेनन् । तर यसपटक भने उनले फेरी टिममा स्थान बनाएका विशालको लक्ष्य एउटै छ, राष्ट्रिय टिममा स्थान बनाउने ।

सचिन तेन्दुलकरका फ्यान दायाँ हाते अलराउण्डर विशालले यू–१६ स्तरमा १० वटा अन्तराष्ट्रिय खेलमा दुई सय २९ रन बनाउनुका साथै ६ विकेट लिइसकेका छन । यसपटक उनी भन्दा सिनियर र अनुभवी खेलाडीको स्थानमा टिममा मौका पाएका विशालको एउटै लक्ष्य छ, पाएको मौकालाई सदुपयोग गरेर आफ्नो क्षमता देखाउने । त्यसमा उनी दत्तचित्त भएर लागेका छन ।
हेरौ प्रशिक्षण क्याम्पमा विशालको तयारी भिडियोमा

Post Add 1025X115
Loading...