२००८ को च्याम्पियन्स लिग जितेपनि सर एलेक्स फर्गुसनलाई किन पछुतो ?

0

म्यान्चेष्टर युनाइटेडका लिजेन्ड प्रशिक्षक सर एलेक्स फर्गुसनले २७ वर्षमा सबै ठूला प्रतियोगिताको उपाधि जिते । सबै सफलता हात पार्दा पनि एउटा कुराको पछुतो भएको खुलासा गरेका छन् ।

सन् २००८ को च्याम्पियन्स लिगको फाइनलमा चेल्सीलाई हराउँदै युनाइटेड च्याम्पियन त बन्यो । तर, तत्कालिन युनाइटेड प्रशिक्षक फर्गुसनका लागि यो खेल सम्झिँदा अहिलेपनि नरमाइलो लाग्छ । १० वर्ष पार भइसक्यो । तर, उनलाई यो घटनाले अहिलेसम्म पनि पिरोलीरहन्छ ।

उपाधि जित्नुको बाबजुत नरमाइलो लाग्नुको कारण हो पार्क जि–सुङ । बासिलोनाविरुद्ध सेमिफाइनलको दुबै लेगमा पहिलो एघारमा परेका पार्कलाई फर्गुसनले फाइनलमा स्थान नै दिएनन् ।

‘मैले पार्क जि–सुङलाई फाइनलको एक मिनेट पनि दिन सकिनँ । उसले यति राम्रो खेल्यो तर फाइनलमा उसले मौका पाएन । कुनै पनि खेलाडीका लागि यो कुरा उचित होइन,’ फर्गुसन अहिले पनि यो कुरामा पछुतो मान्छन् ।

खेलमा रायन गिग्स, नानी र एन्डरसन सब्सिट्युटका रुपमा मैदानमा गएका थिए । तर, सात जना बैकल्पिक खेलाडीको सूचिमा समेत पार्कको नाम थिएन ।

Post Add 1025X115
Loading...