डेविड सिल्भा म्यान्चेष्टर सिटी छोड्दै

0

डेविड सिल्भाले म्यान्चेष्टर सिटीबाट बाहिरिने निर्णय गरेका छन् । एक अन्तरवार्तामा सिल्भाले २०१९–२० को सिजन पछि म्यान्चेष्टर सिटी छोड्ने बताए ।

३३ वर्षे सिल्भाले म्यान्चेष्टर सिटीलाई चारवटा प्रिमियर लिग उपाधि जिताउन महत्वपूर्ण भुमिका खेलेका थिए । सन् २०१० मा सिटीमा आबद्ध भएका सिल्भाले ३९५ खेल खेल्दै क्लबलाई चारवटा लिग कप र दुईवटा एफए कपको उपाधि पनि जिताएका थिए ।

गत सिजन पनि उनले ३३ खेलमा ६ गोल गरेका थिए । यो सिजनपछि क्लबमा रहने वा नरहने भन्ने जिज्ञासामा उनले यो अन्तिम सिजन हुने प्रतिक्रिया दिए । ‘१० वर्ष मेरो लागि पर्याप्त हो । क्लब छोड्ने यो नै उपयुक्त समय हो,’ सिल्भाले थपे ।

सिटीले सिल्भाको दुई वर्ष सम्झौता बढाउन चाहन्थ्यो । तर उनले एक वर्षे सम्झौता पत्रमा हस्ताक्षर गरेको बुझिएको छ ।

Post Add 1025X115
Loading...